आइतबार, वैशाख ७, २०८२

अफगानिस्तानका १ करोड मानिस खाद्यान्न सहायता बाट बन्चित

नेपालखोज २०८० भदौ २० गते १६:०२

काठमाडाैं । संयुक्त राष्ट्र संघको सहयोगि संस्था विश्व खाद्य कार्यक्रमले आर्थिक स्रोतको चरम अभावका कारण यो महिना थप २० लाख अफगानिस्तानीको खाद्यान्न सहायता कटौती गर्दैछ। विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले जारी गरेको विज्ञप्ति अनुसार यो महिना थप २० लाख अफगान नागरिकलाई उपलब्ध गराइने खाद्यान्नको मात्रा घटाउन संगठन बाध्य भएको छ।

यसो हुनुको कारण आर्थिक स्रोतको ठूलो अभाव रहेको डब्लुएफपीले जनाएको छ । उसका अनुसार बजेट अभावका कारण अहिले राहत सामग्री वितरण ठप्प छ ।

एक करोड प्रभावित हुने

यसरी खाद्यान्न सहायता बाट बन्चित अफगानिस्तानीहरुको संख्या अब एक करोड हुनेछ, जो यहि वर्ष विश्व खाद्य कार्यक्रमबाट प्राप्त हुने सहायता रोकिएपछि प्रभावित हुनेछन् ।

अफगानिस्तानमा विश्व खाद्य कार्यक्रमका कन्ट्री डाइरेक्टर हसियाओ-वेई लीका अनुसार – सीमित स्रोतहरूका कारणले गर्दा हामी अत्यन्तै जोखिममा रहेका सबै अफगान नागरिकलाई खाद्य सहायता प्रदान गर्न सक्षम छैनौं। उनले भनेका छन् – भोक र कुपोषणको पहिले नै चिन्ताजनक स्तरको बीचमा, हामी भोक र भोकमरीको सामना गर्नेहरु बीच छनौट गर्न बाध्य छौं,” ।

संयुक्त राष्ट्र एजेन्सीले चेतावनी दिए अनुसार नवजात शिशु तथा गर्भवती महिलाहरु गरि लगभग १.४ मिलियन अफगानी यो खाद्य सहायता कटौतीको मारमा पर्ने छन जो कुपोषण संग लड्न आफ्ना लागी विशेष खाना जुटाउन सक्षम छैन । यसले स्वास्थ्य केन्द्रहरुमा कुपोषणका मामिलाहरुमा वृद्धि ल्याउन सक्छ।

तत्काल एक अर्ब डलर आवश्यक

डब्लुएफपीले २१ मिलियन मानिसलाई जीवन बचाउने खाद्यान्न सहायता प्रदान गर्न र उनीहरूको पोषण आवश्यकताहरू पूरा गर्न आगामी छ महिनामा तत्कालै १ बिलियन डलर आवश्यक पर्ने बताएको छ। अफगानिस्तान विगत चालीस वर्षदेखि चलिरहेको रक्तपातपूर्ण आन्तरिक द्वन्द्व, साथै अत्यन्त कमजोर अर्थतन्त्र र निरन्तर बढ्दो वातावरणीय संकटबाट ग्रस्त छ।

संयुक्त राष्ट्र संघको आपतकालीन राहत समन्वय कार्यालयले अफगानिस्तानले हाल प्रणालीगत पतन र मानवीय प्रकोप संगै अभूतपूर्व मानवीय संकटको सामना गरिरहेको बताएको छ।

डीपीए / एएफपी

प्रतिक्रिया