आइतबार, वैशाख ७, २०८२

सातामा चार अर्ब २३ करोड रुपैंयाँको सेयर किनबेच

नेपालखोज २०८० भदौ २२ गते १०:५२

काठमाडौं । यो साता नेप्से १९ सय ३२ दशमलव ४५ अंकमा सीमित भएको छ । यसै गरी सेन्सिटिभ इन्डेक्स पनि तीन सय ७१ दशमलव ५८ अंकमा सीमित भएको छ ।

सातामा दुई सय ७७ वटा कम्पनीहरुको एक लाख २६ हजार आठ सय ४० पटकको कारोबारमा एक करोड ३७ लाख ३५ हजार पाँच सय ९७ कित्ता शेयर खरिद–बिक्री हुुंदा कुल कारोबार रकम चार अर्ब २३ करोड ३४ लाख ४९ हजार एक सय २३ रुपैंयाँ ६८ पैसा पुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा थोरै मात्र कम हो ।

गत साता भने दुई सय ८० वटा कम्पनीहरुको एक लाख ३२ हजार दुई सय तीन पटकको कारोबारमा एक करोड ५३ लाख ६५ हजार नौं सय ५० कित्ता शेयर किनबेच हुुंदा कुल कारोबार रकम चार अर्ब २४ करोड ६५ लाख २४ हजार नौं सय ३२ रुपैंयाँ पुगेको थियो ।

यो साता नेप्से चार दिन मात्र खुल्ला रहेकोमा पहिलो, तेस्रो र पाँचौं दिन घटेको थियो भने दोस्रो दिन बढेको थियो । चौंथो दिन सार्वजनिक बिदा भएकाकारण नेप्से बन्द रहेको थियो ।

कारोबार खुलेको मध्ये पहिलो दिन २९ दशमलव ८१ अंकले घटेर १९ सय ६० दशमलव ७८ अंकमा झरेको नेप्से अन्तिम कारोबार दिन पनि २८ दशमलव ९२ अंकले घटेर १९ सय ३२ दशमलव ४५ अंकमा खुम्चिन पुगेको थियो ।

यसैगरी सेन्सिटिभ पनि पहिलो दिन पाँच दशमलव शुन्य नौं अंकले घटेर तीन सय ७६ दशमलव ६२ अंकमा झरेकोमा अन्तिम कारोबार दिन पाँच दशमलव ६५ अंकले घटेर तीन सय ७१ दशमलव ५८ अंकमा खुम्चिन पुगेको थियो । यि बाहेकका बाँकीमा दोस्रो दिन यि दुबै सुचक बढे पनि अन्य दिनहरुमा भने यि दुबै सुचक घटेका थिए ।

कारोबार भएका कुल कम्पनीहरु मध्ये यो साता हिमालयन डिष्ट्रिलरी प्रालि, घोराही सिमेन्ट, आईएमई लाईफ इन्स्योरेन्स कम्पनी, शिवम सिमेन्ट, सोल्टी होटल आदिको बढी रकम कारोबार हुुँदा शिवम सिमेन्ट, नबिल बैंक आदिको बढी संख्यामा सेयर किनबेच भएका छन् । बजार पुंजीकरणको आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी अगाडि देखिएका छन् ।

प्रतिक्रिया