तरल हाइड्रोजनमा चल्ने पहिलो विमान

काठमाडाैं । जर्मन कम्पनीले लीक्विड हाइड्रोजनमा चल्ने विमानको पहिलो सार्वजनिक उडान पूरा गरेको छ । तरल हाइड्रोजन इन्धनमा आफ्नो पहिलो उडान पूरा गर्ने यो संसारको पहिलो विमान हो। परीक्षण पाइलट जोहानेस गार्बिनो- एन्टोन भन्छन् – यसमा कुनै आवाज तथा कम्पन छैन।
भविष्यको इन्धन
कम लागत र कम कार्बन उत्सर्जनमा आधुनिक विमानको आवागमन सुनिश्चित गर्न सक्ने विमानको इन्धन खोज्न अहिले विश्वभर अनुसन्धान भैरहेको छ । हाइड्रोजन ती इन्धन मध्ये एक मानिन्छ। जर्मन कम्पनी H2FLY ले यो प्रविधि विकास गरेको हो जसमा तरल हाइड्रोजन इन्धन प्रयोग गरिन्छ। यो लीक्विड हाइड्रोजन सौर्य र वायु ऊर्जाबाट तयार गर्न सकिन्छ।
दोब्बर माइलेज
यो इन्धनबाट विमान हालको इन्धनभन्दा दोब्बरसम्म चल्न सक्ने कम्पनीको दाबी छ । विमानले हाइड्रोजन ग्यासका साथ ७२० किलोमिटर र तरल हाइड्रोजनकन साथ १,४०० किलोमिटरसम्म यात्रा गर्न सक्छ । H2FLY का संस्थापक योसेफ कालो भन्छन् – हामिले पहिलोपटक फ्यूल सेल र इलेक्ट्रिक मोटर चलाउन लीक्विड हाइड्रोजनको प्रयोग गरेका छौं जसले हाइड्रोजन बाट लामो दूरीमा पनि विमानहरू चलाउन सकिन्छ भन्ने प्रमाणित गर्छ
यद्यपि हाइड्रोजनको समस्या यसको वजन हो। यसका लागि विमानलाई ठूला इन्धन ट्याङ्कीसहित पुनः डिजाइन गर्नुपर्नेछ र यसका लागि विमानस्थलमा थप ठाउँ र सुविधा चाहिन्छ ।
२०२४ का लागि तयारी
यसको सम्पूर्ण संरचना बदल्न १० देखि २० वर्ष लाग्ने विज्ञहरूको अनुमान छ। H2FLY ले अहिले लगभग २,००० किलोमिटर यात्रा गर्ने ४० सिटको विमान निर्माण गरिरहेको छ।
प्रतिक्रिया