आइतबार, वैशाख ७, २०८२

१० अंकले बढ्दा एक अर्ब सात करोडको सेयर किनबेच

नेपालखोज २०८० भदौ २४ गते १५:२२

काडमाडौं । साताको पहिलो कारोबार दिन आईतबार नैं नेप्से बढेको छ । नेप्से आज १० दशमलव २३ अंकले बढेर १९ सय ४२ दशमलव २६ अंकमा पुगेको छ ।

यसैगरी क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ३२ अंकले बढेर तीन सय ७३ दशमलव ९० अंकमा पुगेको छ ।

नेप्सेमा आज दुई सय ७६ वटा कम्पनीहरुको ३३ हजार ६४ पटकको कारोबारमा ४३ लाख १४ हजार चार सय १७ कित्ता सेयर किनबेच भएकोमा कुल कारोबार रकम एक अर्ब सात करोड २२ लाख १२ हजार चार सय १८ रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको सेयर कारोबार भएकोमा जलबिद्युत समुहको सुचक दुई दशमलव ८५ अंकले घटेर १९ सय ४० दशमलव १९ अंकमा झरेकोमा छ भने बाँकी समुहहरुको सुचक बढेका छन् ।

जसमध्ये वाणिज्य बैंक समुहको सुचक आठ दशमलव शुन्य तीन अंकले बढेर १२ सय ४५ दशमलव ३१ अंकमा चढेकोमा बिकास बैंक समुहको सुचक पनि २२ दशमलव ८७ अंकले बढेर तीन हजार छ सय ६८ दशमलव ३३ अंकमा चढेको छ ।

फाईनान्स समुहको सुचक पनि १६ दशमलव ३७ अंकले बढेर १६ सय ४९ दशमलव ५७ अंकमा पुगेकोमा जीवन बीमा समुहको सुचक पनि ३७ दशमलव ५१ अंकले बढेर १० हजार पाँच सय ५५ दशमलव ८८ अंकमा चढेको छ ।

यसैगरी निर्जीवन बीमा समुहको सुचक पनि ८९ अंकले बढेर १० हजार तीन सय २७ दशमलव ३१ अंकमा चढेकोमा होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र ट्रेडिङ समुहहरुको सुचक पनि क्रमशः ६७ दशमलव ९०, शुन्य दशमलव २०, आठ दशमलव ७८, २८ दशमलव ८६, शुन्य दशमलव शुन्य तीन, छ दशमलव ८२ र ४८ दशमलव ६६ अंकले बढेका छन् ।

कारोबार भएका कुल कम्पनीहरु मध्ये आज सुर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मुल्य १० प्रतिशतले बढेर छ सय ६० रुपैंयाँ अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार भएकोमा हिमाल दोलखा हाईड्रोपावर कम्पनीको प्रतिकित्ता सेयर मुल्य सात दशमलव ८१ प्रतिशतले घटेर एक सय १८ रुपैंयाँ अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

हिमाल दोलखा हाईड्रोपावर कम्पनीकै आज एक सय १८ रुपैंयाँ अन्तिम मुल्यमा आठ करोड ५६ लाख १९ हजार नौं सय ९८ रुपैंयाँ २० पैसाको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुमा मध्येमा कारोबार रकमका आधारमा सबैभन्दा बढी हो ।

प्रतिक्रिया