४४ अंकले बढ्दा एक अर्ब ५१ करोडको सेयर किनबेच

काठमाडौं । नेप्सेको उकालो यात्राले साताको दोस्रो कारोबार दिन आज सोमबार पनि निरन्तरता पाएको छ ।
अघिल्लो दिन १० दशमलव २३ अंकले बढेको नेप्से आज सोमबार पुन ४४ दशमलव ३० अंकले बढेर १९ सय ८६ दशमलव ९९ अंकमा पुगेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि सात दशमलव ७३ अंकले बढेर तीन सय ८१ दशमलव ६४ अंकमा पुगेको छ ।
नेप्सेमा आज दुई सय ७८ वटा कम्पनीहरुको ३७ हजार सात सय ९९ पटकको कारोबारमा ४७ लाख ४२ हजार पाँच सय ११ कित्ता सेयर किनबेच भएकोमा कुल कारोबार रकम एक अर्ब ५१ करोड ८३ लाख ४३ हजार तीन सय ९७ रुपैंयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज १३ वटा समुहरुको सेयर कारोबार भएकोमा सबै समुहहरुको सुचक बढेर नेप्से पुरै हरियो भएको छ । जसमध्ये बाँणिज्य बैंक समुहको सुचक २४ दशमलव ४४ अंकले बढेर १२ सय ६९ दशमलव ७६ अंकमा पुगेको छ भने बिकास बैक समुहको सुचक ८६ दशमलव १२ अंकले बढेर तीन हजार सात सय ५४ दशमलव ४६ अंकमा पुगेको छ ।
फाईनान्स समुहको सुचक पनि ६० दशमलव ३१ अंकले बढेर १७ सय नौं दशमलव ८८ अंकमा पुगेकोमा जलबिद्युत समुहको सुचकम पनि ५८ दशमलव सात अंकले बढेर १९ सय ९८ दशमलव २७ अंकमा पुगेको छ ।
यसैगरी जीवन बीमा समुहको सुचक पनि तीन सय चार दशमलव ५६ अंकले बढेर १० हजार आठ सय ६० दशमलव ४५ अंकमा पुगेकोमा निर्जीवन बीमा समुहको सुचक पनि दुई सय ९७ दशमलव ७२ अंकले बढेर १० हजार छ सय २५ दशमलव शुन्य चार अंकमा पुगेको छ ।
यि बाहेक होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र ट्रेडिङ समुहहरुको सुचक पनि क्रमशः एक सय ८६ दशमलव ६२, एक दशमलव ३८, एक सय १३ दशमलव ७९, ५९ दशमलव ४०, शुन्य दशमलव शुन्य नौं, १९ दशमलव ७१ र एक सय सात दशमलव ३० अंकले बढेका छन् ।
कारोबार भएका कुल कम्पनीहरु मध्ये आज थ्रि स्टार हाईड्रोपावर कम्पनीको प्रतिकित्ता सेयर मुल्य नौं दशमलव ९८ प्रतिशतले बढेर तीन सय ७८ रुपैंयाँ अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ भने सिद्धार्थ लगानी बृद्धि योजना २ को प्रतियुनिट सेयर मुल्य सात दशमलव ४३ प्रतिशतले घटेर सात रुपैंयाँ ९७ पैसा अन्तिम मुल्यमा सेयर कारोबार भएको छ ।
साल्ट ट्रेडिङ कर्पोरेशन नेपाल लिमिटेडको भने प्रतिकित्ता पाँच हजार सात सय रुपैंयाँ अन्तिम मुल्यमा छ करोड २५ लाख ५२ हजार चार सय ४८ रुपैंयाँको सेयर किनबेच भएको छ । यो आज भएका कम्पनीहरुको कुल कारोबार रकम मध्येमा सबैभन्दा बढी हो ।
प्रतिक्रिया