सोमबार, वैशाख ८, २०८२

मिस गुरुङको अडिसन अन्तिम चरणमा, भदौ ३० मा काठमाडौंमा हुने

नेपालखोज २०८० भदौ २५ गते १७:११

काठमाडौं । मिस गुरुङ इन्टरनेसनलको पाँचौँ संस्करणको अडिसन अन्तिम चरणमा आइपुगेको छ । गुरुङ समुदायको कला, भाषा, वेशभूषा तथा संस्कृतिको जगेर्नाका लागि आयोजना हुँदै आएको मिस गुरुङ इन्टरनेसनलको गोरखा, पोखरा र चितवनको अडिसन सकिएसंगै भदौ ३० गते काठमाडौंमा हुने भएको हो ।

उपत्यका बाहिर अडिसन छुटेकाहरु काठमाडौं अडिसनमा सहभागी हुन मिल्ने साथै भर्चुअल अडिसन मार्फत सहभागी हुन मिल्ने आयोजक मृगतृष्णा फेसन हाउसले जनाएको छ । यो भन्दा अगाडी इटहरी तथा भारतको सिक्किममा अडिसन कार्यक्रम भइसकेको छ ।

अडिसनबाट छानिएका प्रतियोगीलाई काठमाडौंमा व्यक्तित्व विकास, भाषा–संस्कृति, जीवन विज्ञानलगायतका विभिन्न विषयमा सम्बन्धित क्षेत्रका विशेषज्ञबाट २१ दिने तालिम तथा ज्ञान दिएर विभिन्न सामाजिक कार्यमा समेत संलग्न गराइने अध्यक्ष तृष्णा गुरुङले जानकारी दिइन् ।

मिस गुरुङ इन्टरनेसनल पाँचौँ संस्करणमा सहभागी प्रतियोगीलाई वर्षभरि नै विभिन्न सामाजिक, सांस्कृतिक कार्यक्रममा सहभागी गराउनुका साथै फेसन शो, म्युजिक भिडियोलगायत व्यावसायिक गतिविधिमा अवसर दिने आयोजकले जनाएको छ ।

उपाधि विजेताले नगद पुरस्कारसहित अस्ट्रेलियामा हुने हेरिटेज फेसन शोमा सहभागी हुने अवसर पाउनेछन् । मिस गुरुङ इन्टरनेसनल उपाधि विजेताले नगद पुरष्कार पाँच लाख, मिस पपुलर अवार्ड विजेताले तीन लाख तथा फर्स्ट रनरअपले दुई लाख, सेकेन्ड रनरअपले एक लाख र मिस ट्यालेन्ट उपाधि विजेताले नगद २५ हजारसहित विभिन्न पुरस्कार पाउनेछन् ।

प्रतियोगिताको अनलाइन भोटिङ पाटर्नर ओएस आर कनेक्ट रहेको छ भने प्रतियोगिता व्यवस्थापन बी एन्ड बी इभेन्ट मानियाले गरिरहेको छ ।

प्रतिक्रिया