आइतबार, वैशाख ७, २०८२

टेलिकमको नेटवर्क समस्याले उपभोक्तालाई हैरान

नेपालखोज २०८० भदौ २७ गते १४:२३

गोरखा । नेपाल टेलिकमको नेटवर्कमा देखिएको समस्याले गोरखाको अजिरकोट गाउँपालिका र बारपाक सुलिकोट गाउँपालिकाभित्रका विभिन्न क्षेत्रका उपभोक्ताले हैरानी खेप्दै आउनु परेको छ ।

गएको दुई महिनाभन्दा बढी समयदेखि त्यस क्षेत्रका उपभोक्ताले नेटवर्क समस्याका कारण र इन्टरनेट सेवा राम्रोसँग सञ्चालन नहुँदा कठिनाई भोग्दै आउनु परेको हो ।

जिल्लाको उत्तरपश्चिम अजिरकोट गाउँपालिकाको भच्चेकमा रहेको टेलिकमको टावरमा आएको समस्याका कारण टेलिकमको मोबाइल सेवा तथा इन्टरनेट दुरुस्त नचल्ने गरेको बारपाक सुलिकोट गाउँपालिकाका जीतबहादुर नेपालीले जानकारी दिए ।

नेटवर्कमा आएको खराबीका कारण मोबाइल कल गर्दासमेत कुरा नबुझिने, फोन गर्दागर्दै काटिने समस्या भएको जीतबहादुरको भनाइ थियो । टेलिकमको टावरमा आएको समस्याले हैरानी खेप्नु परेको अधिकांस उपभोक्ताको गुनासो छ ।

कुराकानी गर्दा मोबाइल फोनमा आवाज नसुनिने समस्यासमेत रहेको अजिरकोट गाउँपालिका–३, भच्चेकका हरिप्रसाद देवकोटाले बताए ।

प्रतिक्रिया