घरमा यी स्थानमा पुर्खाको तस्बिर राख्नु हुँदैन

काठमाडौं । हामी हाम्रा पितापुर्खाको तस्बिरलाई घरमा धेरै सम्मान र मायाका साथ राख्छौं। घरमा पुर्खाको तस्बिर राख्नु पनि शुभ मानिन्छ । भनिन्छ, यसो गर्नाले पितृको कृपा रहन्छ । तर यी तस्विर राख्दा हामी यस्ता गल्ती गर्छौं जसले फाइदाको सट्टा नोक्सान गर्छ। वास्तुको नियम अनुसार घरमा कुन कुन स्थानमा पितृको तस्बिर राख्नु हुँदैन त ?
सुत्ने कोठा, भान्छा वा ड्राइंग रुममा पितृको तस्बिर राख्नु हुँदैन । यसो गर्नाले घरको सुख शान्ति भंग हुन्छ र नकारात्मक ऊर्जा सक्रिय हुन्छ। घरको जुन ठाउँमा पूजास्थल छ, त्यहाँ पुर्खाको तस्बिर राख्नुहुँदैन । शास्त्रमा पुजाघरमा पितृको तस्बिर राख्न निषेध गरिएको छ र यसलाई अशुभ पनि मानिएको छ ।
परिवारका जीवित सदस्यको तस्बिरको छेउमा पुर्खाको फोटो राख्नु हुँदैन । यसो गर्नाले परिवारका सदस्यहरू बिरामी हुन थाल्छन र घरमा नकारात्मक ऊर्जाको स्तर बढ्न थाल्छ भन्ने विश्वास गरिन्छ।
घरमा पुर्खाको तस्बिर राख्न दक्षिण दिशालाई सही मानिन्छ। शास्त्रमा दक्षिण दिशालाई पितृको दिशा मानिएको छ । हरेक अमावस्या तिथीमा साँझ उक्त दिशामा तोरीको तेलको दियो बाल्दा पितृ मार्ग उज्यालो हुन्छ ।
माथि उल्लेखित जानकारि प्रामाणिक वा बैज्ञानिक नभएर परम्परागत मान्यता तथा पुराना धार्मिक ग्रन्थहरुमा आधारित छ । तसर्थ याे नै पूर्ण सत्य एवं सटीक हाे भन्ने हाेइन । यी कुराहरुलाइ अपनाउनु वा व्यबहारमा लागू गर्नु अघि सम्बन्धित क्षेत्रका विज्ञहरुकाे सल्लाह – सहयाेग आवश्यक हुन्छ ।
प्रतिक्रिया