इच्छाकामनामा महोत्सव

मुग्लिन । चितवनको इच्छाकामना– ४ कुरिनटारमा दोस्रो इच्छाकामना महोत्सव–२०८० सुरु भएको छ । इच्छाकामना धार्मिक तथा पर्यटकीय गन्तव्यका रुपमा सम्भावना रहेको गाउँपालिका हो । यो महोत्सवले यहाँ भएका धार्मिक पर्यटकीयस्थलको प्रचारप्रसार गर्नेछ ।
असोज ७ गतेसम्म चल्ने महोत्सवले स्थानीय उत्पादन र पर्यटन प्रवद्र्धनमा विशेष टेवा पुग्ने विश्वास लिइएको छ । त्यसका लागि महोत्सवमा दुई सय कक्ष राखिएको छ । त्यसमध्ये स्थानीय उत्पादनका १५ कक्षलाई निःशुल्क व्यवस्था गरिएको छ ।
महोत्सव करिब एक लाख बढी दर्शकले महोत्सवको अवलोकन गर्ने आयोजकहरुको अपेक्षा छ । इच्छाकामना मन्दिर, बालगौरी पाथिभरा सिंहदेवी मन्दिर, मनकामना मन्दिर, जिल्लाकै सबैभन्दा अग्लो भूमि सिराइचुली, पुरानो सदरमुकाम उपर्दाङ्गढी, लामो झरनालगायतका गन्तव्य अवलोकन गर्न र त्रिशूली नदीमा र्याफ्टिङ गर्न सकिने आयोजकले जनाएको छ ।
महोत्सव अवलोकन गर्नेहरुका लागि मनकामना केबलकारको टिकटमा १५ प्रतिशत छुटकोसमेत व्यवस्था समेत छ ।
प्रतिक्रिया