आजको विदेशी मुद्रा विनिमय दर
नेपालखोज
२०८० भदौ ३० गते ९:२६

काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
यस्तै, आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ८० पैसा र बिक्री दर १३३ रुपैयाँ ४० पैसा रहेको छ। युरो एकको खरिद दर १४१ रुपैयाँ ६७ पैसा र बिक्री दर १४२ रुपैयाँ ३१ पैसा रहेको छ।
यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६५ रुपैयाँ १२ पैसा र बिक्री दर १६५ रुपैयाँ ८७ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४२ पैसा र बिक्री दर ३६ रुपैयाँ ५९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

सम्बन्धित
प्रतिक्रिया