बुढानीलकण्ठ स्कुलमा ओम चाबहिल डेन्टल अस्पतालले गर्याे निःशुल्क दन्त शिविर सञ्चालन

काठमाडौं । ओम चाबहिल डेन्टल अस्पताल र बुढानीलकण्ठ स्कुलको संयुक्त आयोजनामा स्कुलमा परिसरमा एक दिने दन्त शिविर सञ्चालन गरिएको छ ।
शिविरमा सो विद्यालयमा अध्ययनरत ५ सय ५० जना विद्यार्थीको दन्त परीक्षण गरिएको थियो । ओम चावहिल डेन्टल अस्पतालले देशका विभिन्न स्थानमा नियमित रूपमा निःशुल्क दन्त शिविर सञ्चालन गर्दै आइरहेको छ ।
अस्पतालकी डा. निशा खड्काले दन्त शिविरमा अस्पतालमा हुने सबैखाल सुविधा सेटअप गरेर बालबालिकाको दाँत परीक्षण गरिएको जानकारी दिइन् । बच्चाहरूको दाँतमा किरा लाग्ने समस्या धेरै भेटिएको उनले बताइन् । दाँतको परीक्षण, एक्सरे, दाँत निकाल्ने, दाँत सफा गर्ने लगायतका सुविधा शिविरमा उपलब्ध गराइएको डा. खड्काले बताइने ।
शिविरमा डा. खड्काले मुख र दाँत स्वस्थ कसरी राख्ने भनेर विद्याथीहरूमाझ जानकारीमूलक प्रस्तुति दिएकी थिइन् ।बुढानिलकण्ठ स्कुलकी हेल्थ सेन्टरकी प्रमुख मिरा पाण्डेले विद्यालयले हरेक वर्ष विद्याथीहरूको स्वास्थ्य अवस्था पत्ता लगाउन स्वास्थ्य शिविर आयोजना गर्ने गरिएको बताइन् ।
स्वास्थ्य शिविरका क्रममा बच्चाहरूको दाँतसम्बन्धी समस्या धेरै नै देखिने भएकाले दाँतमात्र परीक्षणका लागि दन्त शिविर आयोजना गरिएको बताइन् । स्कुलको नियमित कार्यक्रमलाई ओम चावहिल डेन्टल अस्पतालले निःशुल्क शिविर सञ्चालन गरिदिएर सहयोग गरेको पाण्डेले बताइन् । अस्पतालमा उपलब्ध हुने सम्पूर्ण सुविधा शिविरमा उपलब्ध गराएको पाण्डेले जानकारी दिइन् ।
प्रतिक्रिया