बालबालिकाको शारीरिक विकास

यस क्षेत्रले बालबालिकाको शारीरिक स्वास्थ्य तथा दैनिक क्रियाकलापमा संलग्न हुने क्षमतालाई समेट्दछ ।
शारीरिक विकासमा हासिल गर्नु पर्ने मापदण्डहरूः
- शरीरका स्थूल अंगहरूको तन्दुरूस्ती तथा समन्वयको प्रदर्शन गर्दछन् ।
- शुक्ष्म मांसपेशीय अंगहरूको समन्वय र संचालन गर्न सक्षम छन् ।
- आँखा र औंलाको समन्वय गरी देखाउन सक्षम छन ।
- विविध सामग्री / वस्तुहरूको ठीक नियमित रूपमा प्रयोग गर्न सक्षम छन् ।
- आफ्नो इन्द्रिय अंगहरूको प्रयोग गरी खेल्न र सिक्न सक्छन् ।
- स्वस्थ र शारीरिक रूपमा क्रियाशील/ तन्दुरूस्त छन् ।
- व्यक्तिगत सरसफाई गरेर देखाउन सक्छन् ।
- आफ्नो वरिपरीको वातावरण सफा राख्न मद्दत गर्छन् ।
- सुरक्षित रहने ज्ञान छ र हानीकारक वस्तुबाट टाढा रहने गरेका छन् ।
- सन्तुलित भोजन खान्छन् ।
शारीरिक विकासका सूचकहरू प्राप्त गराउनका लागि सुझाइएका केही क्रियाकलापहरूः
१.१ शरीरका स्थूल अङ्गहरू (हात, खुट्टा) तन्काउने तथा सन्तुलन गर्ने अभ्यास गर्न प्रोत्साहित गर्ने ।
१.२ निर्देशित तथा स्वतन्त्र खेल खेल्न प्रोत्साहित गर्ने ।
१.३ विभिन्न वस्तुहरू जस्तै रङ्गिन कागज, रङ्गिन क्रेयन, कलम चक, रङ, रङ्गिन पाउडर, माड (गम), कैची, टुक्रा पुरानो कपडा आदिको प्रयोग गरी सूक्ष्म अङ्ग (औंला) तथा मांसपेशीको सञ्चालन र अभ्यास गर्न प्रोत्साहित गर्ने ।
१.४ आफ्नो वरिपरिको प्राकृतिक वातावरणमा आवाज आउने वस्तुहरू खोजतलास गर्न लगाउने र ती वस्तुहरूबाट आवाज निकाल्न प्रोत्साहित गर्ने ।
१.५ टाँक लगाउने र तुना लाउने अभ्यास गराउने ।
१.६ अभिभावक आफैले नमूनाको रूपमा व्यक्तिगत सरसफाई गरी व्यवहारमा देखाउने र सोही अनुसार सरसफाई गर्न प्रोत्साहित गर्ने ।
युनिसेफ नेपाल
प्रतिक्रिया