चार अंकले बढ्दा ८७ करोडको सेयर कारोबार

काठमाडौं । नेप्सेमा झिनो अंकले सुधार आएको छ । अघिल्लो दिन ४२ दशमलव १६ अंकले घटेको नेप्से परिसूचक साताको दोस्रो कारोबार दिन आज सोमबार भने चार दशमलव २६ अंंकले बढेर १९ सय ६९ दशमलव १८ अंकमा पुगेको छ ।
क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव शुन्य चार अंकले बढेर तीन सय ७८ दशमलव ७३ अंकमा कायम रहेको छ ।
नेप्सेमा आज दुई सय ७१ वटा कम्पनीहरुको सेयर किनबेच भएका छन् । जसबाट ४२ हजार २४ पटकको कारोबारमा २८ लाख ७४ हजार दुई सय ७५ कित्ता सेयर किनबेच भएका छन् । सोही किनबेचका आधारमा आज कुल कारोबार रकम ८७ करोड चार लाख ४४ हजार एक सय ५६ रुपैंयाँ कायम भएको छ ।
आज १३ वटा उपसमुहहरुको सेयर कारोबार भएका छन् । जसमध्ये बाँणिज्य बैंक उपसमुहको सुचक पाँच दशमलव शुन्य चार अंकले घटेर १२ सय ५३ दशमलव ५३ अंकमा खुम्चिएको छ भने बाँकी उपसमुहहरुको सुचक बढेका छन् । बिकास बैंक उपसमुहको सुचक १४ दशमलव ६२ अंकले बढेर तीन हजार सात सय २२ दशमलव ७२ अंकमा पुग्दा फाईनान्स उपसमुहको सुचक पनि १५ दशमलव ९२ अंकले बढेर १६ सय ८९ दशमलव ३७ अंकमा कायम हुन पुगेको छ ।
जलबिद्युत उपसमुहको सुचक पनि २० दशमलव ७९ अंकले बढेर दुई हजार दुई दशमलव २० अंकमा पुगेकोमा जीवन बीमा उपसमुहको सुचक पनि ३४ दशमलव २१ अंकले बढेर १० हजार सात सय ३२ दशमलव शुन्य तीन अंकमा कायम रहेको छ ।
यसैगरी निर्जीवन बीमा उपसमुहको सुचक पनि ५९ दशमलव ५७ अंकले बढेर १० हजार चार सय ९८ दशमलव शुन्य छ अंकमा पुगेकोमा होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र ट्रेडिङ उपसमुहहरुको सुचक पनि क्रमशः ४० दशमलव ४०, शुन्य दशमलव शुन्य नौं, १९ दशमलव ८३, सात दशमलव १०, शुन्य दशमलव शुन्य छ, सात दशमलव शुन्य चार र ४९ दशमलव शुन्य सात अंकले बढेका छन् ।
नेप्सेमा आज इर्मर्जिङ नेपाल लिमिटेडको प्रतिकित्ता सेयर मुल्य नौं दशमलव ९९ प्रतिशतले बढेर एक हजार ५४ रुपैंयाँ ४० पैसा अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार भएकोमा शुभम पावर लिमिटेडको प्रतिकित्ता सेयर मुल्य नौं दशमलव ९९ प्रतिशतले घटेर आठ सय ८७ रुपैंयाँ १० पैसा अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।
यसैगरी आज रिलायवल नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता चार सय ८९ रुपैंयाँ अन्तिम मुल्यमा नौं करोड ३८ लाख ८० हजार आठ सय ६० रुपैंयाँको सेयर किनबेच भएको छ । यो आज कारोबार भएका कम्पनीहरु मध्येमा कारोबार रकमका आधारमा सबै भन्दा बढी हो ।
प्रतिक्रिया