राशिअनुसार शिव मन्त्र

काठमाडाैं । भोलेनाथ महाशिवरात्रिका दिन दिव्य ज्योतिर्लिंगका रूपमा प्रकट भएका थिए । शास्त्रमा ज्योतिर्लिंगलाई शिवजीको ऊर्जाको प्रतीक मानिएको छ । शिव आरधनामा रुद्राभिषेकको पनि महत्त्व छ । राशिअनुसार शिवमन्त्र जप गर्नाले सुख(समृद्धि, सन्तान तथा मनोवान्छित फल प्राप्ति हुन्छ । यसबाट ग्रह दोष तथा रोगबाट पनि मुक्ति मिल्छ । मन्त्र जप गर्दा मन एकाग्र र शान्त हुनु आवश्यक हुन्छ ।
हेरौं राशि अनुसार जप गर्ने मन्त्र :
मेष राशि : मेष राशि हुनेहरुले ‘ह्रीं ओम नमः शिवाय ह्रीं’ मन्त्र जप गर्न सक्छन् । यो मन्त्रको जपले बाधाहरु टाढा भाग्छन भन्ने मान्यता छ ।
वृष राशि : वृष राशिका स्वामिहरुले ‘ओम नागेश्वराय नमः’ मन्त्र जप गर्नुपर्छ ।
मिथुन राशि : यो राशिहुनेहरुले ‘ओम नमः शिवाय महाकाल कालम कृपालं नमः’ मन्त्र जप गर्नु उत्तम हुन्छ ।
कर्कट राशि : शिवजीको पूजा पछि ‘ओम हौ जूँ सः’ मन्त्र जप गर्नुपर्छ ।
सिंह राशि : सिंह राशि हुनेहरुले ‘ह्रीं ओम नमः शिवाय ह्रीं’ १०८ पटक जप गरे भौतिक सुखका साधन बृद्धि हुने बिस्वास गरिन्छ ।
कन्या राशि : कन्या राशि हुनेहरुले ‘ओम नमो भगवते रूद्राय’ मन्त्र जप गर्नुपर्छ । यो मन्त्रले आत्मविश्वास बढाउँछ भने धन लाभ पनि हुन्छ ।
तुला राशि : ‘ओम नमः शिवाय’ को जप गर्नुपर्छ । यो मन्त्रले कार्यक्षेत्रमा सृजना हुने समस्याहरु समाधान हुन्छन् ।
वृश्चिक राशि : यो राशि हुनेहरुले ‘ह्रीं ओम नमः शिवाय ह्रीं’ मन्त्र जप गर्नुपर्छ । यो मन्त्र जपले घरमा सुख – समृद्धि आउँछ ।
धनु राशि : धन राशि हुनेहरुले ‘ओम नमो शिवाय गुरु देवाय नमः’ को जप गर्नु उत्तम हुन्छ ।
मकर राशि : ‘ओम हौं जूम सह’ मन्त्र जप गरे शिवजीको कृपा प्राप्त भै हर समस्या सँग जुध्न सक्षम भइनेछ ।
कुम्भ राशि : कुम्भ राशिका स्वामी शनिदेव हुन । त्यसैले यो राशि हुनेहरुले ‘ओम नमः शिवाय’ मन्त्र जप गर्नुपर्छ । यसबाट पुरा वर्ष नै स्वास्थ अनुकुल रहनेछ ।
मीन राशि : मीन राशि हुनेहरुले ‘ओम नमो शिवाय गुरु देवाय नमः’ मन्त्र जप गर्नु उत्तम हुन्छ । यो मन्त्र कम से कम १०८ पटक जप गर्नुपर्छ ।
प्रतिक्रिया