शनिबारको दिन अपनाऔं यी विशेष उपाय

शनिबार सूर्यपुत्र शनि भगवान्का लागि समर्पित छ । यस दिन शनि महाराजको विधिपूर्वक पूजा गर्नुपर्छ । यसका साथै पिपलको रुखमुनि दीप प्रज्वलन गर्नु पनि फलदायक मानिन्छ । विश्वास अनुसार शनिबार शनिदेवलाई तोरीको तेल र कालो तिल चढाउनुपर्छ, यसले सूर्यपुत्रलाई प्रसन्न तुल्याउँछ । शनिदेवको कृपाले भक्तहरू रंकबाट राजा बन्न सक्छन् । जसको कुण्डलीमा शनिदोष छ उसले समस्याबाट पार पाउन यी उपाय अवश्य अपनाउनुपर्छ ।
१ यदि आज कुनै अन्तर्वार्ता, बैठक वा अन्य कुनै कामको लागि बाहिर जाँदै हुनुहुन्छ भने आफ्नो कामको सफलता सुनिश्चित गर्न नीलो रंगको पहिरन लगाउनुपर्छ । कुनै नियमका कारण नीलो कपडा लगाउन सकिँदैन भने साथमा नीलो रुमाल अवश्य राख्नुपर्छ ।
२ उच्च शिक्षाका सम्बन्धमा निर्णय लिन नसकिरहेको अवस्था छ भने शनिबारका दिन शुद्ध घिउको दीप प्रज्वलन गरी माता सरस्वतीको आरती गर्नुपर्छ ।
३ यदि आफ्नो कामबाट अरूलाई प्रभावित तुल्याउन चाहनुहुन्छ भने शनिबार पानीमा थोरै सेतो चन्दन मिसाएर नुहाउनुपर्छ ।
४ यदि विदेश जान चाहनुहुन्छ तर त्यसका लागि कुनै समस्या छ भने नीलो धागोमा ११ वटा गाँठो बाँध्नुहोस् । यसरी गाँठो बाँध्दा प्रत्येक पटक राहुको यो मन्त्र जप गर्नुपर्छ ( ओम् भ्रं भ्रौं भ्राौं सस् राहवे नमः। त्यसपछि त्यो धागो आफ्नो हातमा बाँध्नुपर्छ वा घाँटीमा बेर्नुपर्छ ।
५ यदि अदालतसँग सम्बन्धित कुनै मामिलामा फस्नु भएको छ भने आज शनिबार स्वाति नक्षत्रको समयमा कालो दाल पीपलको रुखको छेउमा जमिनमा गाडिदिनुहोस् । त्यसपछि पीपलको रूखको अगाडि दुवै हात जोडेर आफ्नो समस्याबाट मुक्तिका लागि प्रार्थना गर्नुहोस् ।
६ यदि आफ्नो जीवनमा बारम्बार आउने समस्याबाट छुटकारा पाउन चाहनुहुन्छ भने स्नान आदि गरेपछि शनिदेवको यो मन्त्रको एक माला अर्थात् १०८ पटक जप गर्नुपर्छ । मन्त्र यस प्रकार छ ( ओम् शन शनैश्चराय नमः।
७ यदि आफ्नो दक्षता बलियो बनाउन चाहनुहुन्छ भने प्रतेक शनिबार अशोक वा पिपलको रूखलाई नमस्कार गर्नुपर्छ र सम्भव भए त्यसको जरामा पुग्नेगरी जल चढाउनुपर्छ ।
८ यदि जीवनमा आर्थिक अस्थिरता छ भने शनिबारका दिन राहुले शासन गर्ने ८ मुखे रुद्राक्षको पूजा गरी त्यस लाइ धारण गर्नुपर्छ ।
९ यदि शनिको अढैयाको प्रभावबाट जोगिन चाहने हो भने एउटा भाँडोमा तोरीको तेल लिएर त्यसमा एक रुपैयाँको सिक्का हाल्नुहोस् । अब त्यो कचौरामा आफ्नो अनुहार हेर्ने प्रयास गर्नुहोस् र त्यसपछि त्यो तेल सिक्काका साथमा शनिको दान लिनेहरुलाई दान गर्नुहोस् ।
यो कार्य आज शनिबार सुरु गरी अर्को साताको शनिबारसम्म प्रतेक दिन जारी राख्नसक्ने हो भने त्यो अझ शुभ र फलदायी हुनेछ ।
१० दौडधुपको जीवनमा केही स्थायित्व चाहनुहुन्छ भने स्वाति नक्षत्रको यो दिन रुखमा नयाँ कोपिला वा नयाँ पातलाई चामलले पुजा गरी दस ओैंला जोडेर नमस्कार गर्नुपर्छ ।
११ यदि जीवनमा कुनै प्रकारको समस्या चलिरहेको छ भने यो दिन सेतो चन्दनको टुक्रा २७ दिनसम्म आफ्नो साथमा राख्नुपर्छ । चन्दनको यस्तो चक्किलाई आफ्नो घाँटीमा थ्रेड गरेर पनि लगाउन सकिन्छ ।
१२ यस दिन अलिकति कालो दालमा दुई/चार थोपा तोरीको तेल मिसाएर शनिदेवको मन्दिरमा राख्नुहोस् । घर वरिपरि शनिदेवको मन्दिर नभएको खण्डमा पिपलको रूखमुनि राखिदिए हुन्छ । यो उपाय अपनाए प्रसिद्धि प्राप्त हुन्छ ।
प्रतिक्रिया