राष्ट्र बैंकले गर्याे पुनः १८ अर्ब ७१ करोड रुपैयाँँको ट्रेजरी आव्हान

काठमाडौं । नेपाल राष्ट्र बैंकले पुनः १८ अर्ब ७१ करोड २५ लाख रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्रीको आव्हान गरेको छ ।
राष्ट्र बैंकका अनुसार भोलि सोमबार अपरान्ह तीन बजेसम्म उक्त परिमाणमाट्रेजरी बिल बिक्री गर्न लागिएको हो ।
जारी मिति भने असोज नौं गते तोकिएको ट्रेजरी बिल खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन पाउनेछन ।
बिक्री गरिने कुुल ट्रेजरी मध्येमा २८ दिने अवधिको आठ अर्ब, ९१ दिने अवधिको १० अर्ब ११ करोड २५ लाख र एक सय ८२ दिने अवधिको ६० कारेड रुपैंयाँ बराबरको रहेको छ ।
राष्ट्र बैंकका अनुसार यि ट्रेजरीहरुको परिपक्व हुने अवधि भने क्रमशः २०८० कात्र्तिक सात गते, २०८० पुस १० गते र २०८० चैत्र १३ गते तोकिएको छ । यि ट्रेजरीहरु सबै पुरानो नविकरण अन्तर्गतका रहेका छन् ।
यसअघि यही असोज एक गते पनि राष्ट्र बैकले १६ अर्ब ८३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।

प्रतिक्रिया