एक वर्षमा दुई खर्ब ४० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले आन्तरिक ऋण निष्कासन तालिका संशोधन गरेको छ । राष्ट्र बैंकले सरकारको लागि चालु आर्थिक वर्ष २०८०/०८१ मा दुई खर्ब ४० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने छ ।
यसको लागि चालु आवको पहिलो त्रैमासमा कुल आन्तरिक ऋणको ३३ दशमलव ३० प्रतिशत अर्थात ८० अर्ब रुपैंयाँ आन्तरिक ऋण तयारी राष्ट्र बैंकले गरेको छ ।
यसअघि भने यस अवधिमा कुल आन्तरिक ऋणको २२ दशमलव नौं प्रतिशत अर्थात ५५ अर्ब रुपैंयाँ मात्र उठाउने लक्ष्य राष्ट्र बैंकको रहेको थियो । तर राष्ट्र बैंकले बुधबार उक्त लक्ष्य परिमार्जन गर्दै संसोधन सहितको आन्तरिक ऋणपत्र निष्काशन तथा सार्वजनिक गरेको हो ।
यसैगरी चालु आवको दोस्रो त्रैमासमा पनि राष्ट्र बैंकले कुल आन्तरिक ऋणको १२ दशमलव पाँच प्रतिशत अर्थात ३० अर्ब रुपैंयाँ आन्तरिक ऋण उठाउने छ । संसोधन अघि चालु आवको दोस्रो त्रैमासमा २२ दशमलव नौं प्रतिशत अर्थात ५५ अर्ब रुपैंयाँ आन्तरिक ऋण उठाउने योजना राष्ट्र बैंकको रहेको थियो ।
चालु आवको तेस्रो र चौंथौ त्रैमासमा भने संसोधन अघि कै आन्तरिक ऋण निष्काशन तालिका अनुसार ऋणपत्र निष्काशन हुने राष्ट्र बैंकको भनाई छ । यस अन्र्तगत तेस्रो त्रैमासमा २२ दशमलव एक प्रतिशत अर्थात ५३ अर्ब र चौंथो त्रैमासमा ३२ दशमलव एक प्रतिशत अर्थात ७७ अर्ब रुपैंयाँ आन्तरिक ऋण उठाईने छ ।

प्रतिक्रिया