राष्ट्र बैंकले गर्याे पुनः १८ अर्ब पाँच करोड रुपैयाँको ट्रेजरी आव्हान

काठमाडौं । नेपाल राष्ट्र बैंकले पुनः १८ अर्ब पाँच करोड रुपैयाँको ट्रेजरी बिल बिक्रीको आव्हान गरेको छ । राष्ट्र बैंकका अनुसार भोलि सोमबार अपरान्ह तीन बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो ।
जारी मिति भने असोज १६ गते तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन पाउनेछन ।
बिक्री गरिने कुुल ट्रेजरी मध्येमा २८ दिने अवधिको पाँच अर्ब, ९१ दिने अवधिको सात अर्ब ७५ करोड र एक सय ८२ दिने अवधिको पाँच अर्ब ३० करोड रुपैंयाँ बराबरको रहेको छ ।
राष्ट्र बैंकका अनुसार यि ट्रेजरीहरुको परिपक्व हुने अवधि भने क्रमशः २०८० कात्र्तिक २९ गते, २०८० पुस १७ गते र २०८० चैत्र २० गते तोकिएका छन् । यि ट्रेजरीहरु पुरानो नविकरण अन्तर्गतका रहेका छन् ।
यसअघि यही असोज आठ गते पनि राष्ट्र बैकले १८ अर्ब ७१ करोड २५ लाख रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।
प्रतिक्रिया