सोमबार, वैशाख ८, २०८२

सामुदायिक साकोस र ज्योति बहुउद्देश्यीय सहकारीबिच एकीकरण सम्झौता

नेपालखोज २०८० असोज १८ गते १०:३९

काभ्रे । पनौती नगरपालिका वडा नं. ४ मा मुख्य कार्यालय रहेको सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि. र बनेपा ७ मा मुख्य कार्यालय रहेको ज्योति बहुउदेश्यीय सहकारी संस्था लि.बीच एकीकरण गर्ने सम्झौता भएको छ ।

सामुदायिक बचत तथा ऋण सहकारी संस्था ली.को मुख्य कार्यालयमा भएको एकीकरण सम्झौतामा दुवै संस्थाका एकीकरण कार्यदलले दुवै संस्थाको सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति र सल्लाहकारहरू समेतको उपस्थितिमा एकीकरण सम्झौतामा हस्ताक्षर गरेका छन् ।

२०५१ सालमा स्थापना भई १० वटा सहकारी संस्था एकीकरण भई काभ्रेपलाञ्चोक, काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला कार्यक्षेत्र रहेको ५१ हजार शेयर सदस्य र ४ अर्ब ५० करोडको कुल पूँजी रहेको सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि. र २०५५ सालमा स्थापना भई ६ हजार ९ शय शेयर सदस्य र १ अर्ब ४० करोडको कुल पूँजी रहेको ज्योति बहुउदेश्यीय सहकारी संस्थाले एक आपसमा एकीकरण हुने सम्झौता गरेका हुन् ।

एकीकरण सम्झौता कार्यक्रममा जिल्ला सहकारी संघ लि. काभ्रेपलाञ्चोकका अध्यक्ष दिलिप शर्माले प्रदेशकै ठूलो समुदायमा आधारित बचत तथा ऋण सहकारी संस्था बन्न सफल भएकोमा सामुदायिक बचत तथा ऋण सहकारी र ज्योति बहुउद्देश्यीय सहकारी संस्थालाई हार्दिक बधाई दिए ।

सामुदायिक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष प्रकाश बन्जाराले मन्तब्यको क्रममा राज्यको कानून, सहकारी ऐन, नियमावली तथा निर्देशनलाई अक्षरश पालना गर्दै शेयर सदस्यहरुलाई एकीकृत संस्थाबाट दिगो र गुणस्तरिय सेवा उपलब्ध गराउने उदेश्यले एकीकरणको सम्झौता गरेको बताए । दुबै संस्थाको आगामी साधारण सभाबाट एकीकरणको प्रस्ताव पारित भएपश्चात दुवै संस्थाको एकीकृत कारोबार हुनेछ ।

एकीकृत संस्थाको शेयर सदस्य संख्या ५९ हजार र कुल पूँजी ५ अर्ब ९० करोड रुपैयाँ हुनेछ भने शेयर पूँजी ४६ करोड पुग्नेछ । लगानीमा रहेको ऋण ४ खर्ब ६० करोड हुनेछ । बचत निक्षेप ४ अर्ब १० करोड हुनेछ । जगेडा कोष ४३ करोड हुनेछ र अन्य कोषहरु २० करोड गरी जम्मा कोष ६३ करोड रुपैयाँको हुनेछ ।

प्रतिक्रिया