प्रधानमन्त्री दाहालले लिए माओवादी नेता आचार्यको स्वास्थ्य अवस्था बारे जानकारी
नेपालखोज
२०८० असोज १८ गते ११:३९

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा(माओवादी केन्द्र)का सचिव डिलाराम आचार्यको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका छन् ।
सचिव आचार्यको वीर अस्पतालमा स्वास्थ्य उपचार भइरहेको छ । पार्टी अभियानको क्रममा अछाम पुगेका उनको स्वास्थ्यमा समस्या देखिएपछि बुधबार काठमाडौं ल्याइएको थियो ।
प्रधानमन्त्री दाहालले नेता आचार्यको उपचारमा कुनै कसर बाँकी नराख्न अस्पतालका चिकित्सकहरुलाई आग्रह गरेको उनको सचिवालयले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया