बुधबार, वैशाख १०, २०८२

रुद्राक्ष धारण : आधार अनि संख्या !

नेपालखोज २०८० असोज २१ गते ५:१०

यो पद्धतिमा दानाको संख्याको चयन व्यक्तिको नियति अंकमा निर्भर रहन्छ । यो अंकको सम्बन्ध ग्रहसँग जोडेर सबैभन्दा उचित दानाको निर्णय गरिन्छ । जन्मांकको महत्त्व जुन प्रकारले प्रत्येक व्यक्तिको जीवनको विभिन्न क्षेत्रमा व्याप्त छ त्यसरी नै भक्ति आराधनाको क्षेत्रमा पनि यसको विशिष्ट स्थान छ ।

जन्मांकको १ (एक)

एकमुखी, तीनमुखी, एघारमुखी र चौधमुखी रुद्राक्ष धारण गर्नु लाभदायक हुन्छ ।

जन्मांकको २ (दुई)

दुईमुखी तथा सप्तमुखी रुद्राक्ष धारण गर्नुपर्छ ।

जन्मांकको ३ (तीन)

चारमुखी तथा दशमुखी रुद्राक्ष धारण गर्नुपर्छ ।

जन्मांकको ४ (चार)

एकमुखी, आठमुखी, नौमुखी तथा तेह्रमुखी रुद्राक्ष धारण गर्ने ।

जन्मांकको ५ (पाँच)

एकमुखी, पाँचमुखी, एघारमुखी तथा बाह्रमुखी रुद्राक्ष धारण गर्ने

जन्मांकको ६ (छ)

छमुखी, आठमुखी तथा तेह्रमुखी रुद्राक्ष धारण गर्ने

जन्मांकको ७ (सात)

दुईमुखी तथा सातमुखी रुद्राक्ष धारण गर्नु उचित हुन्छ ।

जन्मांकको ८ (आठ)

पाँचमुखी, नौमुखी, तेह्रमुखी तथा चौधमुखी रुद्राक्ष धारण गर्ने ।

जन्मांकको ९ (नौ)

तीनमुखी, सातमुखी, एघारमुखी तथा चौधमुखी रुद्राक्ष धारण गर्ने ।

(साधना-सिद्धि विज्ञानको नेपाली रुपान्तर)

प्रतिक्रिया