असोज २९ गतेबाट नयाँ नोटको सटही सुविधा उपलब्ध गराउने तयारीमा राष्ट्र बैंक
नेपालखोज
२०८० असोज २१ गते १४:५७

काठमाडौं । नेपाल राष्ट्र बैंकले यही असोज २९ गतेबाट नयाँ नोटको सटही सुविधा उपलब्ध गराउने भएको छ ।
राष्ट्र बैंकका अनुसार सर्वसाधारणहरूलाई विगतका वर्षहरूमा झैँ यो वर्ष पनि प्रतिव्यक्ति पाँच, १०, २०, ५० र सय रुपैयाँ गरी १८ हजार पाँच सय रुपैयाँको एक सेट नयाँ नोट वितरण हुने छ ।
काठमाडौं उपत्यकाको हकमा नयाँ यही असोज २९ गतेबाट सुरु हुने नयाँ नोटको वितरण कार्य राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग र वाणिज्य बैङ्कहरूको शाखा कार्यालयहरूबाट हुने छ ।
उपत्यका बाहिरको हकमा भने राष्ट्र बैंकको प्रदेशस्थित कार्यालय वा वाणिज्य बैंकले तोकेको कार्यालय मध्ये पायक पर्ने स्थानमा गई नयाँ नोटको सटही सुविधा लिन सकिने राष्ट्र बैंकले जानकारी दिएको छ ।

सम्बन्धित
प्रतिक्रिया