बुधबार, वैशाख १०, २०८२

धर्मशास्त्रअनुसार यी काम मंगलबार गर्नु हुँदैन !

नेपालखोज २०८० असोज २३ गते ५:३३

कुनै पूजा-आजा गर्दा हामीले भगवन् गणेशजीलाई सम्झने गरिन्छ । हरेक मंगलबार मानिसहरूले भगवान् गणेशको पूजा गरेकै हुन्छन् । धर्मशास्त्रका अनुसार मंगलबारको दिन निम्न काम बर्जित गरिएको छ ।

धर्मशास्त्रका अनुसार यी काम मंगलबार गर्दा हाम्रो जीवनमा समस्या बढ्न सक्छन् । मंगलबार कुखुरा वा अन्य पंक्षीको हत्या गर्दा मानिसको बुद्धी भ्रमित हुने मानिन्छ । मंगलबारको दिन माछा खाँदा तपाइँलाई आर्थिक नोक्सानी हुने मानिन्छ । मंगलबार मासु सेवन गर्नु हुँदैन । मंगलबारको दिन मदिरा सेवन गर्दा तपाइँको क्रोधमा वृद्धी हुन्छ ।

यसैगरी घरमा गणेश भगवान्काे स्थान सर्वोपरी छ । हर शुभ कामभन्दा पहिले भगवान् गणेशको आह्वान आवश्यक छ । प्रत्येक वर्ष गणेश चतुर्थीको दिन गणेश पूजा गर्ने गरिन्छ तर त्यस दिन बाहेक पनि प्रत्येक मंगलबार बुधबारमा गणेश आराधना गर्दा तपाईंको खुशीहरुको र सम्रिद्धिको बाटो खुल्नेछ ।

गणेशजीको पुजा विधिस्बिहान स्नान गरे पश्चात तामाको पात्रमा गणेशजीको मूर्ति स्थापित गर्नुहोस् । पात्रलाई राम्रोसँग साफ गर्नुहोस् र पूजाको समय मुख पूर्व दिशामा राखनुहोस् । सफा आसनमा बस्नुहोस् र भगवान् गणेशलाई फूल, धूप, दीप, कपूर, चंदनले पूजा गर्नुहोस । गणपतिको पूजामा दुबो अर्पित गर्न न भुलौ यो अत्‍यंत शुभ मानिन्छ । पूजा पूर्ण गरेर गणेश लाई मोदकको भोग लगाउ । अंतमा भगवानको ध्यान गर्दै यो मंत्र को १०८ चोटी मनमा जाप को ॐ गं गणपतये नमः।

प्रतिक्रिया