सोमबार, वैशाख ८, २०८२

वित्तीय विवरण प्रकाशन गर्न समय थप

नेपालखोज २०८० असोज २९ गते १३:४८

काठमाडौं । बैंक तथा फाईनान्स कम्पनीहरुलाई वित्तीय विवरण सार्वजनिक गर्न समय थप भएको छ ।

नेपाल राष्ट्र बैंकले सोमबार वाणिज्य बैंक, विकास बैंक, फाईनान्स र पुर्वाधार बिकास बैंकलाई वित्तीय विवरण सार्वजनिक गर्न समय थग गरेको हो ।

सो अनुसार बैंक तथा फाईनान्स कम्पनीहरुले २०८०/०८१ को पहिलो त्रैमासिक वित्तीय प्रतिवेदन प्रकाशन गर्न २०८० कात्र्तिक १७ गतेसम्मको समय पाएका छन् ।

समय थप गरेको बारेको राष्ट्र बैंकले पत्र मार्फत भनेको छ, एकीकृत निर्देशनको व्यवस्था अनुसार राष्ट्र बैंकबाट अनुमती प्राप्त बैंक तथा फाईनान्स कम्पनीहरुले हरेक त्रैमासको महिना व्यतित भएको मितीले सात दिनभित्र अन्तरिम प्रतिवेदन तोकिएको ढाँचामा सार्वजनिक गर्नुपर्नेमा चालु आवको पहिलो त्रैमासको लागि भने २०८० कात्र्तिक १७ गतेसम्मको समय दिईएको राष्ट्र बैंकको भनाई छ ।

प्रतिक्रिया