दसैँमा नयाँ नोट अनिवार्य नै हो त ?

दसैँको दान दक्षिणा र पूजा अर्चनामा सुविधा पुगोस भनेर नेपालमा नेपाल रास्ट्र बैंकले दशै अवसर पारेर साना दरका नोटको लागि सटही सुबिधा प्रदान गर्ने गरेको हो। तर यो बिकृत हुँदै नया नोट सटहीमा परिणत भएको छ। बिकृती यति झाङ्गिएको छ कि अहिले त ठूला दर ९ १०००। र५००।( दर० का नोट पनि नया नै चाहिने भएको छ ।
नोट राज्यको सम्पत्ति हो। नोट छपाइ गर्दा बर्सेनि अरबौ रुपैया बाहिरिन्छस जसको भुक्तानी बिदेशी मुद्रामा हुन्छ। यदि हामिले सुकिलो नोटबाट नै दशै चलायौ भने बाहिरिने केही बिदेशी मुद्रा नेपालमै रहन्छ जसबाट औसधि, स्वास्थ्य सामग्री, कृषि तथा खाद्यान्नसंग सम्वन्धित उद्योग स्थापना गर्न वा त्यस्तै अति आवश्यक सामान आयत गर्न सकिन्छ।
नोट वा सिक्का निष्कासन हुनुभन्दा धेरै पहिलेदेखी नै दशै मनाइएको थियो र तात्कालिन समयमा दशैको महत्त्व, महिमा र गरिमा अहिलेको भन्दा कैयन गुणा बढी थियो । यसबाट के कुरा पुष्टि हुन्छ भने नया नोट नभएर दशै खल्लो हुन्छ भन्ने कुरा सरासर गलत हो।
नेपालमा अरु धेरै हिन्दु चाड पर्वहरु मौलिक रुपमा मनाउन छाडिएको छ, सोही मेसोमा असत्य माथी सत्यको बिजयको मानक संस्कृतिको रूपमा रहेको र जेष्ठ मान्यजनबाट टिका, जमरा सङै आशिर्वाद लिने पबित्र पर्व दशै पनि बिकृत हुँदै गएको छ।
लाखौ नागरिक र हजारौं बैंकर नया नोट व्यबस्थापनमा व्यक्तरअव्ब्यक्त तनाव सहित आफ्नो उर्जा खर्च गरेका हुन्छन जुन निश्फलप्राय छ, किनकी तपाईसंग नया नोट हुनु र पुरानो नोट हुनुले तपाईप्रतिको अरुको दृष्टिकोण र तपाईलाई गर्ने सम्मानमा कुनै फरक पर्दैन । सन्सारमा सबै देशसँग आफ्ना(आफ्नै चाडपर्व र संस्कृति छ्न तर अरु केन्द्रीय बैंकहरुले कुनै चाड पर्वलाई लक्ष्यित गरेर यति ठूलो परिमाणमा नया नोट निस्कासन गरेको मेरो जानकारीमा छैन। सन्सार भरी बिद्धुतिय कारोबार प्रवर्द्दित भैरहेको अहिलेको अवस्थामा नया नोट सटही सुबिधा स्वत असान्दर्भिक हुनुपर्ने हो ।
तसर्थ नेपाल रास्ट्र बैंकले सम्वन्धित संस्कृतिविद, बुद्धिजीवी, अर्थशास्त्री र नेपाल सरकारसंग सल्लाह परामर्श गरी दशै लगायत नेपाली नागरिकहरुले मनाउने सबै चाड पर्व र संस्कृतिप्रति उच्च सम्मान प्रकट गर्दै सबैलाई समयमै सुचित गराएर आगामी वर्षदेखि दशैमा नया नोटको सटही सुबिधा उपलब्ध गराउने अभ्यास बन्द गर्नु उचित हुन्छ । (म केन्द्रीय बैंकको कर्मचारी भएपनी मेरो संस्थाले यसपटक आफ्ना कर्मचारीलाई उपलब्ध गराएको नया नोट सटही सुबिधा उपयोग गरिन, म पुरानै नोटले दशै मनाउछु ।)
(नीजि विचार)
प्रतिक्रिया