आइतबार, वैशाख ७, २०८२

तौथलीमा ‘कहींँ नभएको दही छ्याप्ने जात्रा’ (फाेटाेफिचर)

रूपेश चौलागाईं २०८० कार्तिक १० गते ११:५२

सिन्धुपाल्चोक । सिन्धुपाल्चोककाे पुरानो र ऐतिहासिक नगरी मानिने त्रिपुरासुन्दरी गाउँपालिका वडा नं ५ तौथली शहरमा किराँतकालदेखी हालसम्म भइरहेको खड्ग जात्रा, लिङ्गे जात्रा र विश्वमा कतै पनि नहुने एक मात्र दही जात्रा तौथली बजारमा पापांकुशा एकादशीका दिन मनाइएको छ ।

तौथली शहर र जिल्लाभरबाट आएका प्रत्यक मानिसको (बालबालिका, वृद्धवृद्धा देखि युवासम्म) हातमा बाल्टी र ठेकीमा अबिर मिसिएको दही थियाे ।

खड्ग जात्रा

विजयादशमी तथा टिकाका दिन राती लगभग १२ बजेको समयमा लिसंखुपाखर गा.पा. बर्ना गाउँका तामाङ जातिको धामी लगायत गुठियारहरू त्रिपुरा सुन्दरी गाउँपालिका पिस्कर गाउँका थामी जातिका गुठियारहरू नातेश्वर मन्दिर नजिक खालाछायचौरमा जम्मा भई देव र असुर बिचमा सत्ययुगमा जुन सङ्ग्राम भएको थियो त्यो दृश्य दुवै गाउँका गुठियारहरू, टारछेमी परिवार समेत हात हातमा खड्ग तरबार लिएर हाहा गर्दे तरबार जुदाउँने नचाउने गर्दे, श्री त्रिपुरासुन्दरी माइको स्थानसम्म बाजाको तालमा नाच्दै मन्दिरमा प्रवेश गर्छन्  र त्यहाँ मन्दिर भित्र पुजारी हरुले सगुन दिएपछि खड्ग जात्रा समाप्त हुन्छ ।

दही जात्रा

एकादशीका दिन ‘जय जय ओम महादेवी ’भनेर चिच्याउँदै (तान्त्रिक र मान्त्रिक पूजाविधिसहित ल्याइएका) ६ वटा परम्परागत लिंगोमा पुजा, सगुन खुवाएपछि बजारबीचबाट दही जात्रासुरु भएकाे थियाे । त्रिपुरासुन्दरी माईको मन्दिरअगाडि पुग्दा जात्रा अझै रोमान्चक भएको थियो । करिव आधा घण्टाको दही छ्याप्ने जात्रा सकेपछि महादेवीलाई जगाउन लिंगो नचाउँदै तरबार,खाडो,खुकुरी देखाएर नृत्य निकालिएको थियो ।

किन मनाइन्छ दही जात्रा ?

महाकाली भगवती (ललिता त्रिपुरासुन्दरी)ले महिषासुरको वध गरेको खुसीयालीमा किराँतकालदेखि हालसम्म यहाँ दही जात्रा हुँदै आएको छ । गुठियार, स्थानीयले भैसीगाई नथाकोस र पशुपालन ,व्यवसाय सप्रिदै जाने कामनामा यसरी दही जात्रा मनाउदै आएका छन् ।

प्रतिक्रिया