टी२० विश्वकप छनोट : नेपालको खेल कहिले र कहाँ ?

काठमाडाैं । आईसीसी टी२० विश्वकप एसिया क्षेत्र छनोट फाइनल भोलि सोमबार काठमाडौंमा सुरु हुँदैछ । प्रतियोगिता कार्तिक १३ देखी १९ सम्म मुलपानी र टियु क्रिकेट मैदानमा सञ्चालन हुनेछ।
नेपाल, मलेसिया, सिंगापुर तथा ओमान समूह ए मा छन् । समूह ए का सबै खेल टियु क्रिकेट मैदानमा हुनेछन् । समूह बी मा हङकङ, कुवेत, युएई तथा बहराइन छन् । समूह बी का सबै खेल मुलपानी मैदानमा हुनेछन् । विश्वकप छनोटबाट हरेक समूहबाट शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् । सेमिफाइनल हुँदै फाइनल पुग्ने दुई देशले २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकप खेल्न पाउनेछन् ।
नेपालको खेल कहिले कहाँ ?
स्थान : टियु क्रिकेट मैदान
मंगलबार कार्तिक १४ (अक्टोबर ३१)
नेपाल बिरुद्ध मलेसिया
समय : दिउँसो १ : ३०
स्थान : टियु क्रिकेट मैदान
बिहिवार कार्तिक १६ (नोभेम्बर २)
नेपाल बिरुद्ध ओमान
समय : बिहान ९ बजे
स्थान : टियु क्रिकेट मैदान
सेमिफाइनल : कार्तिक १७ , शुक्रबार
पहिलो सेमिफाइनल समूह ए को विजेता र समूह बी को उपविजेताबीच टियु मैदानमा बिहान ११ बजे ।
दोस्रो सेमिफाइनल समूह बी को विजेता र समूह ए को उपविजेताबीच मुलपानी मैदानमा बिहान ११ बजे ।
फाइनल : कार्तिक १९ गते आइतबार दुबै सेमिफाइनलका विजेता बीच । फाइनल टियु क्रिकेट मैदानमा विहान ११ बजे सुरु हुनेछ ।
लाइभ : यो खेलको लाइभ कान्तिपुर टेलिभिजनले गर्नेछ । अनलाइनमा फ्यान कोर्ड तथा आइसिसी टिभीमा पनि यो खेल हेर्न सकिनेछ ।
को पुग्छ विश्वकपमा ?
छनोटको फाइनलमा पुग्ने दुई देशले २०२४ मा अमेरिका र वेस्टइन्डिजमा हुने विश्वकप खेल्न पाउनेछन् । हरेक समूहका शीर्ष दुई देशले सेमिफाइनल खेल्नेछन् । सेमिफाइनल जित्ने देशले विश्वकप खेल्न पाउनेछन् । नेपाल, युएई, ओमान र हङकङ विश्वकपका लागि प्रमुख दाबेदार हुन् ।
प्रतिक्रिया