राष्ट्र बैंकले बैकिङ प्रणालीमा १७ करोड ६७ लाख रुपैयाँ राख्ने

काठमाडौं । नेपाल राष्ट्र बैकले बैकिङ प्रणालीमा १७ करोड ६७ लाख रुपैयाँ संस्थागत निक्षेप राख्ने भएको छ । राष्ट्र बैंकका अनुसार बैंकको विभिन्न कोषहरुमा रहेको रकम तीन सय ६५ दिने मुद्धती निक्षेपकोरुपमा २०८० मंसिर चार गतेदेखि २०८१ मंसिर तीन गतेसम्मको लागि उक्त परिमाणमा रकम राख्न लागिएको हो ।
यसरी मुद्धती निक्षेपकोरुपमा राखिने कुल रकम मध्येमा वाणिज्य बैकहरुको लागि १४ करोड १४ लाख, विकास बैंकहरुको लागि दुई करोड ६५ लाख र फाईनान्स कम्पनीहरुको लागि ८८ लाख रुपैयाँ छुट्याईएको छ ।
राष्ट्र बैकका अनुसार रकम लगानी गर्न चाहाने इच्छुक तथा फाईनान्स कम्पनीहरुले यही कात्र्तिक १४ गतेसम्म नेपाल राष्ट्र बैंकमा आफुले लगानी गर्न चाहेको रकम र उक्त रकममा दिन चाहेको व्याज समेत उल्लेख गरेर आवेदन दिनुपर्ने छ ।
रकम लगानीको लागि प्रस्ताव पेस गर्ने बैंक तथा फाईनान्स कम्पनीहरु सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पुरा गरेको, तोकिएको न्यूनतम पूँजीकोष कायम रहेको, निष्कृय कर्जा (एन.पी.ए) कुल कर्जा सापटको पाँच प्रतिशत भन्दा कम भएको खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तिमा बीस प्रतिशत वा सो भन्दा बढी रहेको हुनुपर्ने प्रावधानहरु तोकिएका छन ।

प्रतिक्रिया