बुधबार, वैशाख १०, २०८२

उच्च रक्तचाप छ भने

नेपालखोज २०८० कार्तिक १४ गते ६:२४

नियमित जाँच

उच्च रक्तचाप नियन्त्रण गर्न सबैभन्दा पहिले आफ्नो ब्लड प्रेसर नियमित जाँच गराउनु पर्छ । ब्लड प्रेसर जाँच गर्नु भन्दा एक घण्टा अगाडि गाह्रो खालको व्यायाम, चुरोट, चिया–कफी, रक्सी आदि सेवन गर्नु हुँदैन । उच्च रक्तचाप छ भने जीवन शैलीमा तत्कालै परिवर्तन ल्याउनु पर्छ ।

ब्यायाम : नियमित ब्यायाम गर्नुपर्छ । हरेक दिन मर्निङ वाक गर्ने , दौडिने वा साइक्लिङ , स्वीमिङ आदिले फाइदा पुर्याउछ । ।

खाने कुरामा सुधार

चर्को नुन खाने बानी तत्कालै छाड्नुपर्छ । यसले ब्लडप्रेसर बढाउँछ । रक्सी – चुरोटको सेवन त्याग्नु पर्छ । अनावश्यक तनाव र चिन्ताले पनि रक्तचाप बढाउँछ ।

फल तथा तरकारी

भोजनमा पत्तायुक्त तरकारी र ताजा फलफूलको सेवन बढाउनुपर्छ । उच्च रक्तचाप छ भने प्रशोधित खाना, प्याकेजको खाना जंकफुड आदिबाट टाढै रहनुपर्छ ।

तौल नियन्त्रण

उच्च रक्तचाप नियन्त्रणका लागि तौल नियन्त्रण जरुरी छ । तौल कम गर्न नियमित रुपमा व्यायाम , पर्याप्त मात्रामा निन्द्रा अनि तनावरहित जीवन आवश्यक हुन्छ ।

प्रतिक्रिया