केएमसीमा ६० वर्षीया महिलाको न्युरो इन्डोभास्कुलर कोइलिङद्वारा सफल उपचार

काठमाडौं । काठमाडौं मेडिकल कलेजमा एक ६० वर्षीया महिलाको न्युरो इन्डोभास्कुलर कोइलिङद्वारा मस्तिष्कको शल्यक्रिया नगरी सफलतापूर्वक उपचार गरिएको छ ।
केएमसीका इन्टरवेंशनल न्यूरोलोजिस्ट डाक्टर समर्थ सिंहको नेतृत्वमा काठमाडौंकी ६० वर्षीय महिलाको टाउकाको चिरफार नगरीकन न्युरो इन्डोभास्कुलर कोइलिङ प्रविधिबाट उपचार गरिएको हो ।
ब्रेन हेमोरेज–सबएरेकनोइड हेमोरेज भएर आएकी ती महिलाको रक्तनलीबाट मस्तिस्कमा पुगेर ब्लक भएको रक्तनली खुलाइएको इन्टरवेंशनल न्यूरोलोजिस्ट डाक्टर समर्थ सिंहले जानकारी दिए । ‘एक महिना अगाडी उहाँलाई ब्रेन ह्याम्रेज भएर केएमसीमा ल्याइएको थियो ।
बिरामीको ब्रेनको पछिलो भागको रक्तनलीमा फूकुन्डो, जसलाई ब्रेन अनेउरीसम भनिन्छ, फुटेर मस्तिस्कमा रक्तस्राव भएको थियो । हामीले न्युरो इन्डोभास्कुलर कोइलिङ प्रविधिबाट बिरामीको टाउको नचिरीकन सफलतापूर्वक कॉइलिंग पद्धतिबाट सो फुटेको फुकुन्दोमा रक्तप्रवाह बन्द गरेर सफलतापूर्वक उपचार गर्यौं ।’ डा. सिंहले भने ।
परम्परागत न्यूरोसर्जरीमा टाउको चिरेर अप्रेसन गर्दा न्यूरोसर्जरी पश्चात स्वास्थ्य सम्बन्धि जटिलता बढी हुने र बिरामीको आइसीयू बसाई लामो हुन जान्छ । तर, केएमसीको नविनतम न्यूरो इन्टरवेंशन प्रविधिमा उपचार गर्दा बिरामी लामो समय अस्पताल भर्ना भएर बस्नुपर्दैन । टाउकामा ठूला घाउ पारेर अप्रेसन गर्नु पर्दैन, स्वास्थ्य जोखिम कम हुन्छ ।
केएमसीले भित्र्याएको न्यूरो इन्टरवेंशन प्रविधिका कारण नसा तथा मस्तिस्क, मेरुदण्ड लगायत गम्भिर प्रकारका रोगको उपचारमा ठूलो सफलता मिल्दै गएको छ । खासगरी मस्तिष्कको रक्तनली ब्लक भएर ब्रेन– अटैक-पक्षघात, ब्रेन ह्याम्ब्रेज भएका, सवारी दुर्घटनामा टाउकोमा गम्भिर रूपमा रक्तनली फुटेका, भएका बिरामीहरुको उपचारमा केएमसीको न्यूरो इन्टरवेंशनल प्रविधि बरदान साबीत भएको छ ।
न्यूरो इन्टरवेंशनल प्रविधिमा बिरामीको तल्लो पेट, तिघ्राको बिचको भाग अथवा नाडीसँगै भएको रक्तनलीबाट मुटुभन्दा माथि रक्त सञ्चार गर्ने रक्तनलीमा प्रवेश गरी मस्तिष्कमा ब्लक भएर बसेको रगतको थेग्लो फुटाएर निकालिन्छ ।
गर्धनको रक्तनली साँघुरो भएकोमा रक्तनलीमा एन्जियोप्लास्टी, रक्तनली अवरुद्ध भएर हुने पक्षघात हुन जोगाउन मैकेनिकल थ्रोमबेक्टमी, रक्तनलीको फुकुन्दो फुटेर हुने ब्रेन ह्यामरेजमा कॉइलिंग-स्पास्मोलीसिस तथा रक्तनलीको बनावट नमिलेको–चुंगी बनेकोमा एम्बोलाइजेसन जस्ता प्रवाधिहरुबाट बिभिन्न मस्तिस्क रोगको टाउको नचिरिकीन उपचार गर्न सहज हुने डा. समर्थ सिंहको दावी छ ।
केएमसीका जनरल मेनेजर नारायण दाहालले नेपालको स्वास्थ्य क्षेत्रमा केएमसीले भित्र्याएको नयाँ सेवाहरू विश्वस्तरीय रहेको जिकीर गरे । ‘हामीसँग भएको न्यूरो इन्टरवेंशनल प्रविधि विश्वकै स्वास्थ्य क्षेत्रको नविनतम उपकरण हो ।
यो प्रविधिबाट टाउको तथा मेरुदण्डका जस्तोसुकै गम्भिर रोगको पहिचान गर्न र उपचार गर्न सकिन्छ ।’ दाहालले भने । केएमसी शिक्षण अस्पतालको न्यूरो साइन्स सेवा अन्तर्गत न्यूरोइंटरवेंसन डा. समर्थ सिंह, न्यूरोलॉजिस्ट डा. पारस रायमाझी तथा न्यूरोसजर्न डा. अमित थापाले सेवा दिइरहेका छन् ।
केएमसीले भित्र्याएको यस प्रविधिबाट उपचार गर्दा अन्य अस्पतालहरुको दाँजोमा कम शुल्क लिएको बताइएको छ । आम जनतालाई सर्वसुलभ शुल्कमा उच्चस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न केएमसी प्रतिबद्ध रहेको कार्यकारी अध्यक्ष सोयना शर्माले बताएकी छन् ।
केएमसीलाई अत्याधुनिक प्रविधियुक्त बनाउने जस तत्कालिन कार्यकारी अध्यक्ष हाल प्रतिनिधि सभा सदस्य डाक्टर सुनिलकुमार शर्मालाई जान्छ । डा. शर्माले तीन वर्षअघि केएमसी लिएसँगै त्यहाँको स्वास्थ्य सेवालाई आधुनिकीकरण गरेका हुन् । तीन वर्षमा दक्ष जनशक्तिसँगै अत्याधुनिक स्वास्थ्य उपकरणहरु भित्र्याइएकाले गम्भिर प्रकारका रोगहरुको उपचारमा लाखौं खर्च गरेर विदेश गइरहनु पर्ने बाध्यता समेत कम भइरहेको केएमसीले जनाएको छ ।
प्रतिक्रिया