डिप्रेशन हुँदै छ भन्ने थाहा पाउने यी १० संकेत !

काठमाडौं । विश्व स्वास्थ्य संगठनको एउटा तथ्यांकका अनुसार अन्तर्राष्ट्रियस्तरमा आठ मध्ये एक जना मानिस मेन्टल डिसअर्डरको शिकार हुन्छ ।
अहिलेको समयमा तनाव र डिप्रेशनको समस्या मानिसहरुमा सामान्य भएको छ । यो समस्याको विभिन्न कारण हुन्छ जस्तै कामको प्रेशर, आर्थिक समस्या अथवा रिलेशनशिप अर्थात सम्बन्धमा हुने समस्या ।
डिप्रेशन एउटा मेन्टल डिसअर्डर हो, जसका कारण व्यक्ति स्वंयलाई उदास, निराश र मूल्यहीन महसूस गर्न लाग्छ । डिप्रेशनका कारण कुनै पनि व्यक्तिको दैनिक जीवनमा यसको नराम्रो असर पर्छ । डिप्रेशन हुँदा देखिने शुरुवाती संकेतको बारेमा केही जानकारी :
डिप्रेशनको शुरुवाती संकेत
लगातार दुःखी तथा एक्लोपनको भावना
डिप्रेशनका कारणले कहिलेकाहिँ व्यक्ति हप्ता अथवा महिनासम्म अत्यन्त दुःखी र एक्लोपन महसुस गर्न थाल्छ ।
कुनै काममा रुचि नहुनु
डिप्रेशनको शिकार भएको व्यक्तिलाई कुनै पनि काम अथवा गतिविधि गर्न मन लाग्दैन । यसको साथै कुनै रुचि हुन्छ ।
भोक र वजनमा परिवर्तन
डिप्रेशनका कारण व्यक्तिको भोकमा परिवर्तन देखिन्छ । यहि कारणले मानिस एकदम वजन कम हुनु अथवा बढ्न थाल्छ ।
निद्रा खलबलिनु
डिप्रेशनमा निद्राको समस्या अत्यन्त महत्वपूर्ण हुन्छ । यहि समस्याका कारण मानिसमा कहिलेकाहिँ निद्रा नलाग्ने अथवा आवश्यकभन्दा बढी निद्रा लाग्ने हुन्छ ।
थकान र कम शक्ति महसुस हुनु
पूरा रातको निद्रापछि पनि लगातार थकान महसुस हुनु, उर्जाको कमी महसुस गर्नु डिप्रेशनका विशेष लक्षण हुन् ।
ध्यान केन्द्रित गर्न समस्या
डिप्रेशनबाट पीडित व्यक्तिले ध्यान केन्द्रित गर्न, निर्णय लिन र कुराहरु ध्यान दिने क्षमतालाई खराब बनाउन सक्छ । जसले उनीहरुको काममा असर पर्न सक्छ ।
अपराधबोध अथवा निराशा भावना
डिप्रेशनले ग्रस्त व्यक्ति प्रायः नकारात्मक विचार, अपराधबोध अथवा बेकारको सोचाइ र भविष्यका बारेमा निराशाको भावनाको अनुभव गर्छन् ।
आवश्यकभन्दा बढी आक्रोश
डिप्रेशनका कारण मानिसमा चिडचिडपना हुन्छ भने स–साना कुरामा रिस उठ्छ ।
सामाजिक मेलमिलाप कम हुनु
डिप्रेशनबाट ग्रस्त व्यक्ति स्वंयलाई साथीभाइ, आफन्त र सामाजिक गतिविधिबाट पूर्ण रुपले टाढा राख्छन् ।
मृत्यु र आत्महत्याको विचार
डिप्रेशनबाट पीडित व्यक्तिलाई प्रायः लगातार मृत्यु र आत्महत्याको विचार आइरहन्छ । यसप्रकारको विचार आउनु डिप्रेशनको सबै भन्दा खतरनाक स्थिति हुन्छ ।
प्रतिक्रिया