बुधबार, वैशाख १०, २०८२

झिनियाँ रोटीमा मिसाइने रङ्ग स्वास्थ्यका लागि घातक

नेपालखोज २०८० कार्तिक १६ गते १३:३६

गलकोट । तिहारको समयमा बढी मात्रमा प्रयोगमा आउछ । रङ्गीचङ्गी झिनियाँमा मिसाइने रङ्ग स्वास्थ्यका लागि घातक हुने सरोकारवालाहरुको चिन्ता छ ।

तिहार नजिकिएसँगै बागलुङमा झिनियाँको माग बढी हुनेगर्दछ । तिहारका लागि झिनियाँ बनाउन यतिबेला घरेलु उद्यमीहरु निकै व्यस्त भएकाले रङ्ग प्रयोग नगर्न सरकोकारवालाले सचेत बनाएका छन् ।

रङ्ग नहाली झिनिया रोटी बनाउन र उपभोक्तालाई पनि रङ्ग नभएको झिनियाँ रोटी खरिद गर्न आग्रह गरिएको छ । तिहारमा मात्र होइन् पछिल्लो समय विवाह, व्रतबन्ध, पूजाआजा र कोसेलीको रुपमा पनि झिनियाँ अत्यधिक प्रयोग हुन थालेपनि रङ्ग मिसाएका झिनियाँ उत्पादन नगर्न प्रशासनले महिला उद्यमीलाई सचेत बनाएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए ।

प्रतिक्रिया