बुधबार, वैशाख १०, २०८२

बालबालिकालाई ‘भिटामिन ‘ए’ खुवाउने दिन आज

नेपालखोज २०८० कार्तिक १७ गते ५:३४

काठमाडौं । सरकारले यस वर्षको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम आज र भाेलि दुईदिन खुवाउँदै छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यस अघि यही कात्तिक २ र ३ गते बालबालिकाहरुलाई ‘भिटामिन ए’ खुवाउने कार्यक्रम रहे पनि दशैं परेको हुँदा आज र भाेलि देशभरका बालबालिकालाई भिटामिन ए’ खुवाइने छ ।

महाशाखाका अनुसार दुई दिने अभियानमा ६ देखि ५९ महिनाका करिब ३२ लाख बालबालिकाहरुलाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइने छ । यसैगरी १ देखि ५ वर्षसम्मका २९ लाख भन्दा बढी बालबालिकाहरुलाई जुकाको औषधि खुवाइने छ ।

आफ्नो घर नजिकको खोप केन्द्रमा लगेर बालबालिकाहरुलाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सकिन्छ । बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि सरकारले २०५० सालदेखि राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया