अर्जुन पराजुली : कविता
अर्जुन पराजुली
२०८० कार्तिक २१ गते १०:०३

एउटा चटके आउँछ
म ऊजस्तो होइन भन्छ
मार्क्सको तस्बिर हल्लाउँछ !
अर्को चटके आउँछ
म ऊजस्तो होइन भन्छ
लेनिनको तस्बिर हल्लाउँछ !
अर्को चटके आउँछ
म ऊजस्तो होइन भन्छ
माओको तस्बिर हल्लाउँछ !
अर्को चटके आउँछ
म जस्तो होइन भन्छ
बिपीको तस्बिर हल्लाउँछ !
अर्को चटके आउँछ
म ऊजस्तो होइन भन्छ
राजाको तस्बिर हल्लाउँछ
हल्लाएको हेरेर तासी लाउँदा लाउँदै
तपाईँको र मेरो मर्ने बेला आउँछ !!

अर्जुन पराजुली
अर्जुन पराजुली अहिलेका चर्चित कवि हुन् ।
सम्बन्धित
प्रतिक्रिया