७७ वर्षअघि काठमाडाैंमा हिउँ पर्दा…
नेपालखोज
२०८० कार्तिक २२ गते १२:१४

वि.सं.२००१ साल पौष २३ (तदनुसार सन् १९४५ जनवरी ६) शनिबार बिहानैदेखि पर्न थालेको हिउँका कारण त्यतिबेला सिंगो काठमाण्डौंले नै सेतो च्यादर ओढेको झैँ सेताम्मे देखिन्थ्यो।
बाक्लो हिउँका कारण धोर्सिङ-मातातीर्थ रोपवे समेत बन्द भएको थियो। त्यस्तै सडकभर बाक्लो हिउँ जमेकाले बाटो समेत अवरुद्ध थियो। उक्त हिउँ करिब एक सातासम्म रहेको थियो ।
काठमाण्डौं नजिक रहेको भीमफेदीको अवस्था समेत उस्तै थियो। अत्यधिक चिसोका कारण भीमफेदीमा ३ जना मानिसहरुले ज्यान समेत गुमाएका थिए।
सम्बन्धित
प्रतिक्रिया