सोमबार, वैशाख ८, २०८२

विदेशी मुद्राको विनिमयदर

नेपालखोज २०८० कार्तिक २४ गते ९:०४

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । नेपाल राष्ट्र बैंककाअनुसार विदेशी मुद्राको विनिमयदर अमेरिकी एक डलरको खरिददर १३२ रुपैयाँ ९६ पैसा र बिक्रीदर १३३ रुपैयाँ ५६ पैसा रहेको छ ।

त्यस्तै, युरो एकको खरिददर १४२ रुपैयाँ ०१ पैसा र बिक्रीदर १४२ रुपैयाँ ६६ पैसा रहेको बैंकले जनाएको छ । त्यस्तै, बेलायती पाउन्ड एकको खरिददर १६२ रुपैयाँ ९८ पैसा र बिक्रीदर १६३ रुपैयाँ ७२ पैसा रहेको छ भने, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरी, जापानी येन १० को खरिददर ८ रुपैयाँ ८० पैसा रहेको छ भने बिक्रीदर ८ रुपैयाँ ८३ पैसा रहेको छ । यसैगरी साउदी रियाल एकको खरिददर ३५ रुपैयाँ ४५ पैसा रहेको रहेको छ भने, बिक्रीदर ३५ रुपैयाँ ६१ रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ ।

हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमयदर

प्रतिक्रिया