उच्च मूल्याङ्कन गरिएका १० टिभि शृङ्खला

आइएमडिबी (IMDB) अर्थात् भारतीय चलचित्र डाटाबेसलेवर्ष २०२३ को शीर्ष १० वेब शृङ्खलाहरूको सूची जारी गरेको छ। दर्शकहरुको रेटिङका आधारमा यो सूची सार्वजनिक गरिएको हो ।
आइएमडिबिले शीर्ष–रेटिङ दिएको २०२३ का टिभी शृंखला यस्ता छन:
१. ‘द लास्ट अफ अस’
पोस्ट–एपोकलिप्टिक ड्रामा शृङ्खला द लास्ट अफ अस २०२३ को आइएमडिबि को मूल्याङ्कनमा पहिलो नम्बरमा छ । अर्थात् यो यस वर्षको सर्वाधिक मनपराईएको टिभि शृङ्खला हो । जिओ सिनेमाको यो शृङ्खला लाई आइएमडिबि ले ८.८ रेटिङ दिएको छ ।
२ .’फर्जी’
यो एउटा क्राइम थ्रिलर टीभि सीरीज हो जुन फेब्रुअरी २०२३ मा रिलीज भएको थियो । यो टिभी सिरिज अमेजन प्राइम भिडियोमा हेर्न सकिन्छ । यसले आइएमडिबि मा ८.४ रेटिङ पाएको छ ।
३ .ज्यूरी ड्यूटी
अप्रिल २०२३ मा रिलिज भएको टिभी शृंखला ‘जुरी ड्युटी’ ले आईएमडीबीमा ८.३ रेटिङ पाएको छ। यो शृंखला अमेजन प्राइम भिडियोमा जारी गरिएको थियो । यो अमेरिकी रियालिटी शो हो ।
४ . बीफ
यो एउटा डार्क कमेडी टिभी शृङ्खला हो, जुन ६ अप्रिल २०२३ मा ओटिटि प्लेटफर्म नेटफ्लिक्समा रिलिज भएको थियो । यसको आईएमडीबी रेटिङ ८.१ छ ।
५. Cunk On Earth
यो टिभी शृङ्खला सेप्टेम्बर २०२२ मा नेटफ्लिक्समा रिलिज भएको थियो। आईएमडीबीले यसलाई ८.१ रेटिङ दिएको छ । यसमा डियान मोर्गन, निगेल स्पिभे तथा एश्ले ज्याक्सन जस्ता कलाकारले अभिनय गरेका छन् ।
६ . Silo
यो एउटा नाटक श्रृंखला हो जुन एप्पल टिभीमा हेर्न सकिन्छ । आईएमडीबीमा यसको रेटिङ ८.१ छ । यसमा रेबेका फर्ग्युसन, रशिदा जोन्स तथन टिम रोबिन्सले अभिनय गरेका छन् ।
७ . डेजी जोन्स एन्ड द सिक्स
यो अमेरिकी संगीत नाटक मार्च २०२३ मा अमेजन प्राइम भिडियोमा रिलिज भएको थियो । यसमा पनि ड.ज्ञ को रेटिङ छ ।
८ . Shrinking
श्रिंकिंझ क्रिस्टा मिलर, जेसन सेगल तथा ह्यारिसन फोर्ड अभिनीत कमेडी–ड्रामा टिभी श्रृंखला हो। यसले आईएमडीबीमा ८.० रेटिङ पाएको छ । यसलाई एप्पल टिभि प्लसमा हेर्न सकिन्छ ।
९ . The Diplomat
द डिप्लोमेट नेटफ्लिक्समा हेर्न सकिन्छ । यसको आईएमडीबी रेटिंङ ८.० छ ।
१० . Poker Face
‘पोकर फेस’ यो वर्ष अहिलेसम्म मूल्याङ्कन गरिएको शीर्ष टिभि शृङ्खलाको १० नम्बरमा छ । यसले ७.९ रेटिङ प्राप्त गरेको छ भने यसलाई जिओ सिनेमा मा हेर्न सकिन्छ ।
प्रतिक्रिया