तिहारको अन्तिम दिन आज भाइटीका
नेपालखोज
२०८० कार्तिक २९ गते ६:००

काठमाडाैं । यमपञ्चकको अन्तिम दिन आज विधिपूर्वक भाई टिका लगाइदैछ । आजको दिन आफ्ना दाजु तथा भाईलाई यमराजले अल्प आयुमानै नलगोस भन्दै दिदी वहिनीले कहिलै नसुक्ने तेलको घेरा र मखमली मालाले आफ्ना दाजु भाई लाई पुजा गर्ने गर्दछन् ।
साथै आजको दिनमा दिदी बहिनीले सप्तरंगी टिका लगाइदिने साथै दिदी बहिनीले दाजुभाई लाई कटुस, ओखर नरिवल मिस्ठान्न परिकार र सेलरोटी दिने प्रचलन रहेको छ ।
त्यस्तै आजको दिनमा दिदी बहिनीले दाजुभाई लाई पुजा गरिसकेपछी दाजुभाईले पनि दिदी बहिनीलाई टिकाका साथमा आफ्नो गच्छ अनुसारको दक्षीण र उपहार दिने चलन रहिआएको छ ।
यस वर्षको भाइटीकाको साइत कात्तिक २९ गते शनिबार मध्याह्न १० :५१ मा उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया