गंगामा लियोनीको आरती
नेपालखोज
२०८० मंसिर १ गते १४:५६

काठमाडाैं । बलिउड अभिनेत्री सन्नी लियोनीले भारतको धार्मिक नगरी वाराणसीमा मन्दिरमा पुगेर दर्शन गरेकी छिन् । नायिका लियोनी आफ्नो नयाँ एल्बमको प्रमोसनका लागि वाराणसी पुगेकी थिईन । त्यहि क्रममा उनले वाराणसीमाको दर्शन गरेकी हुन् ।
वाराणसीमा उनी आध्यात्मिक रङ्गमा रङ्गिन देखिएकी छन् । बिहीबार राति परम्परागत पहिरनमा निधारमा चन्दन लगाएर उनी काशीको सबैभन्दा पुरानो दशाश्वमेध घाटमा पुगिन् । उनले थाल, कर्पुर–बाटी लिएर गङ्गाको वैदिक विधिमा आरती गरिन्।
Dainik Bhaskar बाट
सम्बन्धित
प्रतिक्रिया