आइतबार, वैशाख ७, २०८२

सातामा चार अर्ब ४८ करोडको सेयर किनबेच

नेपालखोज २०८० मंसिर ८ गते १०:१९

काठमाडौं । यो साता नेप्से १८ सय ६० दशमलव २० अंकमा पुगेको छ । सेन्सिटिभ इन्डेक्स पनि तीन सय ५६ दशमलव ९८ अंकमा पुगेको छ ।

नेप्सेमा यो साता कुल दुुई सय ९४ वटा कम्पनीहरुको एक लाख ७४ हजार चार सय १० पटकको कारोबारमा एक करोड ५६ लाख २८ हजार चार ६२ कित्ता शेयर खरिद–बिक्री भएका छन् । जसबाट सातामा चार अर्ब ४८ करोड ५२ लाख ४३ हजार पाँच सय ३९ रुपैंयाको सेयर किनबेच भएको छ । यो कारोबार रकम गत साताको तुलनामा थोरै कम हो ।

गत साता दुुई सय ९९ वटा कम्पनीहरुको एक लाख ८५ हजार तीन सय ६२ पटकको कारोबारमा एक करोड ७४ लाख ३६ हजार दुई ४६ कित्ता शेयर खरिद–बिक्री भएको थियो । जसबाट उक्त साता चार अर्ब ५२ करोड ६६ लाख ३१ हजार पाँच सय ३२ रुपैंयाँको सेयर किनबेच भएको थियो ।

यो साता चार कार्य दिन मात्र खुल्ला रहेको नेप्से पहिलो दिन सार्वजनिक बिदा परेकाकारण बन्द रहेको थियो भने तेस्रो दिन घटेको थियो । यि बाहेकका बाँकी दिनहरुमा भने नेप्से बढेको थियो ।

यो साता कारोबार खुलेको दोस्रो दिन एक दशमलव ३९ अंकले बढेर १८ सय ५३ दशमलव ४८ अंकमा पुग्न सफल भएको नेप्से अन्तिम कारोबार दिन नौं दशमलव ८७ अंकले बढेर १८ सय ६० दशमलव २० बिन्दुमा रोकिन पुगेको थियो ।

यसैगरी दोस्रो दिन शुन्य दशमलव पाँच अंकले घटेर तीन सय ५६ दशमलव ५४ अंकमा खुम्चिएको सेन्सिटिभ इन्डेक्स पाँचौं दिन दुई दशमलव ७६ अंकले बढेर तीन सय ५६ दशमलव ९८ अंकमा पुग्न सफल भएको थियो ।

कारोबार भएका कुल कम्पनीहरु मध्ये यो साता नबिल बैंक, हिमालयन डिष्ट्रिलरी प्राली, सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड आदिको बढी रकम कारोबार हुुँदा शिवम सिमेन्ट, नबिल बैंक आदिको बढी संख्यामा सेयर किनबेच भएका छन् ।

बजार पुंजीकरणको आधारमा भने यो साता नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी अगाडि देखिएका छन् ।

प्रतिक्रिया