मोबाइल चार्ज गर्दा करेन्ट लागेर मृत्यु
नेपालखोज
२०८० मंसिर ११ गते १५:२३

महोत्तरी । जलेश्वर नगरपालिका–१२ थरुवाहीस्थित मामाघर आएका धनुषा जनकपुर उपमहानगरपालिका–७ बस्ने रामेश्वर महतोको छोरा १५ वर्षीय रोहित महतोको करेन्ट लागेर आइतबार दिउँसो मृत्यु भएको छ ।
मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जलेश्वरमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनसुन्धान गरिरहेको छ ।
सम्बन्धित
प्रतिक्रिया