यी सेलिब्रेटी जाे चमत्कारी रत्नको भर पर्छन्
नेपालखोज
२०८० मंसिर १३ गते १५:४९

काठमाडाैं । जुन समयमा अमिताभ बच्चनको स्टारडम घट्दै थियो त्यतिबेला अमिताभले ज्योतिषीको सल्लाहमा नीलमणि लगाएका थिए जसले उनलाई सफलता पनि दिलायो ।
अभिषेक बच्चन पनि रत्नमा ठूलो विश्वास गर्छन् । जुनियर बच्चन नीलमणि र पन्ना लगाउँछन् । सलमान खानले आफ्नो हातमा लगाएको ब्रेसलेटमा फिरोज इम्बेड गरिएको छ, जसले उनलाई नकारात्मकताबाट टाढा राख्छ ।
शाहरुख खान पनि रत्नमा विश्वासी गर्छन् । किंग खानले धेरै वर्षदेखि आफ्नो हातमा पन्ना लगाउँदै आएका छन् ।
एकता कपुरले आफ्नो औंलामा पुखराज, मुगां , मोती जस्ता धेरै रत्न लगाउँछिन्। सञ्जय दत्त पनि ज्योतिषीको सल्लाहमा पुखराज लगाउँछन् ।
सम्बन्धित
प्रतिक्रिया