राष्ट्र बैकले १५ अर्ब रुपैयाँको निक्षेप उपकरण बिक्री गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले १५ अर्ब रुपैयाँको निक्षेप संंकलन उपकरण बिक्री गर्ने भएको छ । राष्ट्र बैकका अनुसार मङ्सिर १४ गते अर्थात् आज बिहीबार अपराह्न दुई बजेसम्ममा बोलकबोलको माध्यमद्वारा उक्त परिमाणको निक्षेप उपकरण बिक्री गर्न लागिएको हो ।
परिपक्व हुने अवधि सात दिन तोकिएको उक्त उपकरणको सावाँ व्याज भुक्तानी मिति मङ्सिर २१ गते तोकिएको छ । राष्ट्र बैङ्कका अनुसार वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीले खरिद गर्न सक्ने गरी उक्त परिमाणमा निक्षेप उपकरण बिक्री गर्न लागिएको हो ।
खरिदकर्ताहरूले घटीमा १० करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आव्हान रकमसम्मको निक्षेप उपकरण खरिद गर्न सक्नेछन् । यसरी खरिद गरिएको उपकरण राष्ट्र बैंक बाहेकका बैंक तथा फाइनान्स कम्पनीहरूमा धितोकोरुपमा समेत राख्ने सकिने राष्ट्र बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया