‘बैंक अफ द इयर’ २०२३ को उपाधि प्रभु बैंकलाई
नेपालखोज
२०८० मंसिर १५ गते ८:३६

काठमाडौं । प्रभु बैंकले सन् २०२३ को ‘बैंक अफ द इयर’ उपाधि प्राप्त गरेकाे छ । बेलायतको लण्डनस्थित फाइनान्सियल टाइम्सले प्रकाशित गर्ने पत्रिका ‘दि बैंकर’ले सन् २०२३ को ‘बैंक अफ दि इयर’बाट प्रभु बैंकलाई सम्मान प्रदान गरेको हो ।
बेलायतमा भएको समारोहमा प्रभु बैंक सञ्चालक समितिका अध्यक्ष लिलाप्रकाश सिटौला, बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओे) अशोक शेरचनले सम्मान ग्रहण गरेका थिए ।
अवार्ड वितरण समारोहमा १२० भन्दा बढी देशका ३५० भन्दा बढी बैंकका अध्यक्ष, सीईओ, सीएफओ र अन्य वरिष्ठ प्रबन्धकको सहभागिता थियो ।
प्रभु बैंकले साना तथा लघु उद्यमका साथै प्रविधिमा आधारित रहेर गरेको बैंकिङको सराहना गर्दै सो अवार्ड दिइएको हो ।
सम्बन्धित
प्रतिक्रिया