सद्गुरु वाणी

यदि तपाईं रूपान्तरण चाहनुहुन्छ भने त्यसको सबैभन्दा ठूलो हिस्सा तपाईंको शरीरमा हुनुपर्छ, किनकि मनको तुलनामा शरीरले निकै बढी स्मृति बोकेको हुन्छ ।
ईश्वर स्वर्गबाट अवतरित भएको तत्त्व होइन— बरू यो यस्तो सिँढी हो जसमा चढेर तपाईं उच्चतम सम्भावनामा प्रस्फुरित हुन सक्नुहुन्छ ।
अस्तित्वमा भइरहेका सबै गतिविधिहरू सतहमा हुन्छन् । वास्तविक चीज भने सधैँ स्थिर हुन्छ ।
जब तपाईं आफू स्वयम्लाई जान्नुहुन्न, तबमात्र अरू मानिसहरूका धारणा महत्त्वपूर्ण बन्दछ ।
जीवन न इनाम हो न दण्डस यो बस् अद्भुत प्रक्रिया हो । तपाईंले यसलाई राम्रोसँग सवारी गर्नुभयो भने यो सुन्दर र सानदार बन्नेछ । तपाईंले यसलाई नराम्रोसँग सवारी गर्नुभयो भने यो भद्दा र पीडादायी बन्नेछ ।
ध्यान योग्यताको विषय होइन बरु इच्छुकता विषय हो ।
तपाईंले आफूलाई तृप्त पार्न सम्भव भएजति तरिका प्रयास गर्नुभएको छ, अनि कुनै पनि चीजले वास्तवमा काम गर्दैन भनेर तपाईंमा बोध भएको छ भने यसको अर्थ तपाईं यस बिन्दुमा आइपुग्नुभएको छ— ‘र अब, योग ।’
परम्परा भनेको हामीअघिका पुस्ताकै नक्कल गर्नु होइन । बरू उनीहरूका अनुभवबाट सिक्नु हो ।
तपाईं जति बढी सुरक्षा खोज्नुहुन्छ, त्यति बढी असुरक्षित बन्नुहुन्छ । निष्फिक्री हुँदाको अवस्थामा मात्र सही सुरक्षा हुन्छ ।
विचार र भावना भिन्न–भिन्न चीज होइनन् । तपाईं जसरी सोच्नुहुन्छ, त्यसैअनुरूप महसुस गर्नुहुन्छ ।
प्रत्येक मानिसमा केही निश्चित भित्री प्रतिभा हुन्छ । तर प्रायः उनीहरू त्यसलाई अरू कोही जस्तो बन्न खोजेर बर्बाद गर्छन् ।
प्रतिक्रिया