विवाहपञ्चमीको दोस्रो दिन आज फूलबारी लिला मनाइँदै
नेपालखोज
२०८० मंसिर २७ गते १०:५३

जनकपुरधाम । सप्ताहव्यापी सीताराम विवाहपञ्चमी महोत्सवको दोस्रो दिन आज फूलबारी लिला मनाइँदै छ । फूलबारी लिलामा राम, लक्ष्मण र जानकी (सीता) को स्वरुपमा सिंगारिएका बालबालिकालाई फूलबारीमा घुमाउने प्रचलन छ ।
त्रेता युगमा गुरु विश्वामित्र सहित मिथिलाको राजधानी जनकपुरधाममा राजा जनकले आयोजना गरेको धनुष यज्ञमा अयोध्याबाट भाग लिन आएका राम र लक्ष्मण फूलबारीमा घुम्न जाँदा राम र सीताको नजर एक अर्कामाथि परेको किम्वदन्ती छ ।
जहाँ राम र सीता एकअर्काप्रति आकर्षित भएको र सीताले आफूलाई राम जस्तै बर पाउन कामना गरेको भन्ने मान्यता रहेको जानकी मन्दिरका सहमहन्त रामरोशन दास बताउँछन् ।
सप्ताहव्यापी सीताराम विवाहपञ्चमी महोत्सवको पहिलो दिन बुधबार राम र लक्ष्मणलाई जानकी मन्दिर परिसरमा नगर दर्शन गराइएको थियो ।
सम्बन्धित
प्रतिक्रिया