मंगलबार, वैशाख ९, २०८२

धनभन्दा बढी महत्त्वपूर्ण कुरा !

नेपालखोज २०८० मंसिर २९ गते ६:१०

आचार्य चाणक्यले नीति शास्त्रमा पैसाको बारेमा महत्त्वपूर्ण नीति दिएका छन् । हरेक मानिसको जीवनमा पैसाको विशेष महत्व हुन्छ । पैसाले उसले आफ्नो आवश्यकतासँगै आफ्नो शौक पनि पूरा गर्न सक्छ । चाणक्य भन्छन् पैसा गुमाएमा फेरि कमाउन सकिन्छ तर पैसा कमाउने क्रममा तीनवटा चिज गुमाए भने फेरि कमाउन गाह्रो हुन्छ । आचार्य चाणक्यका अनुसार धनभन्दा कुन तीन कुरा बढी महत्वपूर्ण छन् जान्नुहोस् ।

आत्म–सम्मान

आत्म–सम्मानले व्यक्तिको व्यक्तित्व निर्धारण गर्छ । पैसा गुम्यो भने फेरि कमाउन सकिन्छ तर फेरि आत्मसम्मान कमाउन गाह्रो हुन्छ । स्वाभिमानको लागि धन त्याग गर्नु पर्यो भने पनि पछि हट्नु हुँदैन ।

धर्म

धर्म धनभन्दा सधैं माथि हुन्छ । धर्मको माध्यमबाट मानिसले सही र गलतको भिन्नता बुझ्छ । चाणक्य भन्छन्, जसले धन कमाउनको लागि धर्म त्यागेको हुन्छ, उसको समाजमा इज्जत घट्छ । त्यसैले पैसाभन्दा धर्म नै ठुलो हो, यसलाई सधैं सम्मान गर्नुपर्छ ।

प्रेम

चाणक्यको विश्वास छ कि पैसाले माया किन्न सक्दैन । त्यसैले सम्बन्ध जोगाउनुपर्छ । परिवार र प्रियजनहरूको अगाडि पैसाको कुनै मूल्य हुँदैन । चाणक्य नीतिका अनुसार यदि कुनै व्यक्ति धनी छ तर उसलाई कसैले माया गर्दैन भने उसको धनी हुनुको कुनै अर्थ छैन ।

प्रतिक्रिया