कोशी प्रदेश १३५ रनमा अल आउट, कप्तान रोहितले लिए ३ विकेट
नेपालखोज
२०८० माघ १ गते १३:२०

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताअन्तर्गत एपीएफविरुद्ध कोशी प्रदेश १३५ रनमा अल आउट भएको छ ।
मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कोशी ४४ ओभर ३ बलमा १३५ रनमा समेटिएको हो ।
कोशीका फिर्दोष अन्सरीले सर्वाधिक ५५ रन जोडे । सोनु अन्सरी २०, कप्तान अंकित सुवेदी १३, सोनु मण्डलले ११ आइस भट्टराईले १० रन जोडे । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
बलिङतर्फ एपीएफका कप्तान रोहित पौडेल र अविनाश बोहराले समान ३ विकेट लिए । अमर रौटेलाले २, भुवन कार्की र मौसम ढकालले १-१ विकेट लिए ।
सम्बन्धित
प्रतिक्रिया