नेपालविरुद्ध रेड्डीको अर्धशतक

काठमाडौं । न्युजिल्यान्डका मध्यक्रमका ब्याटर स्नेहित रेड्डीले आईसीसी यू-१९ विश्वकप २०२४ अन्तर्गत आफ्नो पहिलो खेलमा नेपालविरुद्ध अर्धशतक प्रहार गरेका छन् । उनले ६० बलमा आफ्नो अर्धशतक पूरा गरेका हुन् ।
उनी ६२ बलमा ५ चौकासहित ५२ रनमा क्रिजमा छन् । उनलाई कप्तान ओस्कर ज्याक्सनले ४४ बलमा २ छक्कासहित ३० रनमा राम्रो साथ दिएका छन् । एक समय ६७–३ को अवस्थामा पुगेको न्युजिल्यान्डलाई खेलमा फर्काउन चौथो विकेटका लागि ७१ रनको साझेदारी गर्दै बलियो योगफलको सम्भावना देखाएका छन् ।
टस जितेर पहिला ब्याटिङ रोजेको न्युजिल्यान्डले २४ ओभरमा ३ विकेट गुमाउँदै १ सय ३८ रन बनाएको छ । न्युजिल्यान्डलाई ओपनर टम जोन्स र ल्यूक वाटसनले पहिलो विकेटका लागि १०.१ ओभरमा ५३ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए ।
स्पिनर सुवास भण्डारीले ११ औं ओभरको पहिलो बलमा ओपनर ल्यूक वाटसनलाई १४ रनमा बोल्ड आउट गरे । नेपाललाई दोस्रो सफलता लेगस्पिनर तिलक भण्डारीले दिलाएका थिए । तिलकले ओपनर टम जोन्सलाई ३३ रनमा बोल्ड आउट गरे । उनले ४५ बलमा ५ चौका प्रहार गरेका थिए ।
प्रतिक्रिया