६ महिनामा तीन गुणा बढेर ५१ सय ईभी आयात
नेपालखोज
२०८० माघ ७ गते १६:१८

काठमाडौं । गत आर्थिक वर्ष (आव) को पहिलो ६ महिनाको दाँजोमा चालु आर्थिक वर्ष २०८०/८१ को सोही अवधिमा विद्युतीय सवारीसाधन (ईभी) आयात तीन गुणाले बढेको छ ।
गत आव २०७९/८० पुस मसान्तसम्म १ हजार ७ सय ४९ युनिट ईभी आयात भएको थियो । चालु आव पुस मसान्तमा आइपुग्दा यो संख्या ५ हजार १ सय ७ भएको छ ।
गत आवभरि भित्रिएका ईभीको तुलनामा यो वर्ष पहिलो ६ महिनामै १ हजार १ सयभन्दा धेरै भित्रिएका छन् ।
गत आवभरिमा ४ हजार ५० युनिट ईभी भित्रिएको थियो । यो तीन पाङ्ग्रे ईभीबाहेक तथ्यांक हो ।
सम्बन्धित
प्रतिक्रिया